सोमवार, बैशाख २४, २०८१

युवा जनशक्ति कृषिमा आकर्षित छैनन

Gaire

डा. कमलराज गैरे
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, नुवाकोट

० जिल्ला कृषि विकास कार्यालय नुवाकोटले आगामी आर्थिक बर्षका लागि कस्ता कार्यक्रमको योजना बनाएको छ ?
आगामी आ.व.मा जिल्लाका सबै गा.वि.स. र वडाको माटो परिक्षण गरी जिल्लाको स्वायल म्याप बनाउने कार्यक्रम प्रस्ताव गरिएको छ । जिल्लालाई खाद्यान्नको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप बिज बृद्धि कार्यक्रममा उल्लेखनीय रुपमा बृद्धि गर्न प्रस्ताव गरिएको छ । युवावर्गलाई कृषि क्षेत्रमा आकर्षित गर्न र श्रमशक्तिको कमीलाई परिपूर्ति गर्न यान्त्रिकरणमा जोड दिईएको छ । विषादीको बढ्दो प्रयोगलाई कम गर्न र अनियन्त्रित प्रयोग रोक्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ । त्यस्तै निक्षेपित कार्यक्रम अन्तर्गत जिल्ला परिषदबाट परित यी कार्यक्रमहरुका अतिरित्त प्रधानमन्त्री विशेष कृषि विकास परियोजना र अन्य केन्द्रीय कार्यक्रमहरु पनि प्रस्तावित छन । नुवाकोट जिल्लामा आलु, तरकारी र माछा क्षेत्रलाई ब्यवसायीकरण गर्न कार्यक्रमहरु आगामी आर्थिक बर्षका लागि प्रस्तावित छन् ।
० जिल्ला कृषि विकास कार्यालयले चालु आवमा गर्दै आईरहेका प्रमुख कार्यहरु के के हुन् त ?
कृषि विकास कार्यालय नुवाकोटले जिल्लाको कृषि क्षेत्रको समग्र विकासका लागि यहाँका बहुसंख्यक जनता आफ्नो जिवन यापनको लागि कृषिमा निर्भर रहेको हुनाले कृषिको विकास गर्नु महत्वपूर्ण छ भन्ने सोचेर भर्खरै सम्बद्ध सरोकारवालाहरुको सहयोगमा गा.वि.स. स्तरिय ष्खिभष्जिययम mबउउष्लन गरेका थियौं । यसमा गा.वि.स. अन्तर्गत बसोबास गर्ने बहुसंख्यक जनताहरुको जीवनयापनका पाँचवटा प्रमुख स्रोतहरुका ९ाष्खभ mबष्ल कयगचअभक या ष्खिभष्जिययम० वारेमा छलफल गरेका थियौं । यसबाट धेरै गा.वि.स. हरुको जीवनयापनका प्रमुख स्रोत कृषि नै रहेको यथार्थ पुष्टी भएको छ । जिल्ला कृषि विकास कार्यालय उपलब्ध सिमित साधन र स्रोतको अधिकतम उपयोग गर्नै योजनाबद्ध रुपमा जिल्लाको समग्र कृषि विकासका लागि अन्य सहयोगी निकायहरुसंग समन्वय गर्दै अगाडि बढिरहेको छ । खाद्यान्न बाली, फलफूल, तरकारी, मसलाबाली, माछा, कफि बाली विकास कार्यक्रमका अतिरिक्त माटो सुधार कार्यक्रम, बजार विकास कार्यक्रम, वाली संरक्षण कार्यक्रम, साना सिंचाई कार्यक्रम, ब्यवसायिकता प्रवद्र्धन कार्यक्रम, र कृषि यान्त्रीकीकरण जस्ता कार्यक्रमहरु संचालन भैरहेका छन । कृषिमा युवा वर्गलाई आकर्षित गरी विद्यमान जनशक्ति अभावको समस्या समाधान गर्न मिनी टिलर, थ्रेसर, कर्न सेलर जस्ता कृषि यन्त्रहरुमा अनुदान दिने कार्यक्रम महत्वपूर्ण देखिएको छ । समग्रमा कृषि विकास कार्यालयले जिल्लामा रहेका ठूला ब्यवसायिक कृषक, ब्यवसायिकता तर्फ उन्मूख कृषक, निर्वाहमूखी कृषक, भूमिहिन (कम जग्गा हुने) कृषक मुख्य चार प्रकारका कृषकहरुका आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम सन्चालन गर्दछ ।
० ती वाहेकअरु के के गरिरहेको छ त ?
बैशाख १२ को विनाशकारी भुकम्पले यस जिल्लामा रहेका २४४ साना ठूला समुदाय ब्यवस्थित सिंचाई आयोजनाहरुमा क्षति पु¥याएको छ । यस वर्ष धान बालीको उत्पादन घट्नुमा सिंचाई कुलोहरुमा भएको क्षति एउटा प्रमुख कारण रहेको छ । गतवर्ष रु ५० लाख अनुदान उपलब्ध गराई रु ६५ लाख बराबरका साना सिंचाई, सहकारी स्कीम र सहकारी खेती कार्यक्रम अन्तर्गत गरी ४५ वटा सिंचाई आयोजनाहरु संचालित थिए । यसबाट ३५ गा.वि.स. र एक न.पा. क्षेत्रका ८४६ घरपरिवार लाभान्वित भएका थिए । यस वर्ष पनि रु ५० लाख अनुदान उपलब्घ गराउने गरी ३२ वटा परियोजनाहरु सम्पन्न गरीसकिएको छ । यी आयोजनाहरुबाट पनि जनसहभागिता जुटाई ८०० भन्दा बढी घर परिवारहरु लाभान्वित भएका छन् ।
० खाद्यान बाली तर्फ पनि जोड दिनु भएका होला नि ?
हामीले खाद्यान्न वाली विकास कार्यक्रम अन्र्तगत हामीले मुख्य गरेर धान, गहुँ, र मकैको बीजबृद्धिमा जोड दिईरहेका छौं । विभिन्न कृषि सहकारी र कृषक समूहहरु मार्फत दिगो रुपमा गुणस्तरिय बीउ उत्पादन गर्दैछौं । बीउ भण्डारणमा उनीहरुलाई सघाउँदै उनीहरुको क्षमता अभिबृद्धिमा फोकस गरिरहेका छौं । बीउ प्रतिस्थापन दर (एस. आर. आर.) बढाई उत्पादन तथा उत्पादकत्व बढाउन कृषकहरुलाई प्रोत्साहित गर्न तालिमका अतिरिक्त उन्नत बीउमा अनुदान दिने कार्यक्रम चलाईरहेका छौं ।
ब्यवसायिक र ब्यवसाय उन्मूख कृषकहरुबाट अनियन्त्रित विषादीको प्रयोग हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै आई.पि.एम. र अन्य जनचेतना मूलक कार्यक्रमहरु चलाईरहेका छौं । भने कृषकहरुको आवश्यकता र मागलाई मध्येनजर गर्दै पाओर टिलर, मिनी टिलर, थ्रेसर, कर्न सेलर, आदी यन्त्रहरु अनुदानमा उपलब्ध गराईएको छ ।
० नुवाकोट जिल्लामा ट्राउट माछाको सम्भावन बढी छ भन्छन् नि हो ?
हो, नुवाकोट जिल्लामा ट्राउट माछाको प्रशस्त सम्भावना छ । सफा, चिसो पानीका स्रोतहरु प्रशस्त छन् र बेच्नका लागि काठमाण्डौको बजार पनि नजिकै भएकाले सम्भावना अत्यन्तै राम्रो भएको हो ।
० नुवाकोट जिल्लालाई कृषि क्षेत्रका कुन बस्तु वा बालीमा आत्मनिर्भर छ भनेर भन्न सकिने अवस्था छ ?
हालको अवस्थामा खाद्यान्न वासलात बनाउँदा यो जिल्ला खाद्यान्न बालीमा आत्मनिर्भर देखिएको छ । आलु र तरकारी पनि यो जिल्लाको आवश्यकता भन्दा बढी नै उत्पादन हुन्छ । यस जिल्लामा तादी, लिखु, त्रिशली लगायतका नदीहरुको किनारामा प्रशस्त समथर खेतीयोग्य जग्गा रहेको र ती नदीहरुबाट प्राय ठाउँहरुमा सिंचाई हुने हुँदा धान, आलु लगायतको खेती गर्न सजिलो भएको छ ।
० तर नुवाकोट जिल्लामा कृषि विकासमा काम भन्दा पनि कुरा बढी हुन्छ त्यसैले सोचेअनुरुप विकास हुन नसकेको आरोप लाग्छ त?

काम धेरै गर्न बाँकी छन् यो सत्य हो । योजनाबद्घरुपमा काम गर्न पर्ने पनि छ । सबै कृषकहरुलाई सेवा पु¥याउन नसकेको अवस्था पनि सत्य हो । तर केही पनि काम नभएको पक्कै होईन । जिल्लामा कृषि यान्त्रिकरणको लहरनै चलेको छ । तरकारीको ब्यवसायिक खेती विस्तार भएको छ, टनेल र थोपा सिंचाई प्रविधि बढेको छ । काम नै नभएको भए कसरी बढ्थ्यो होला त ।
० नुवाकोट जिल्लाको कृषि क्षेत्रको विकासका लागि बाधक बनेका प्रमुख चुनौतिहरु के छन् ?
चुनौतिहरु निश्चितरुपमा छन । कतिपय चुनौतिहरु नुवाकोट विशेषका छन भने धेरै समग्र नेपाली कृषि क्षेत्रकै चुनौति हुन । सबैभन्दा पहिला हामीले हाम्रा नीति, रणनीति र योजना दस्ताबेजहरुमा रहने गरेका र रहेका कन्ट्रडिक्सन्सहरुलाई हटाउन सक्नु पर्छ । यस्ता कन्ट्रडिक्सन्सहरुका कारण कार्यान्वयन तहमा कन्फ्यूजन पैदा हुन्छ र लक्ष्यमा पुग्न सकिदैन । तेस्तै अर्को चुनौति हाम्रा कृषकहरुको उत्पादकत्व बढाउनु पर्ने छ । वर्तमान अवस्था कस्तो छ भने दुई तिहाई जनता (जो मुख्यरुपमा कृषि कर्ममा संलग्न छन्) ले हाम्रो अर्थतन्त्रमा मात्र एक तिहाई योगदान दिईरहेको अवस्था छ । तेस्तै हामीले कृषि ब्यवसायको विकासको लागि न्यूनतम इन्याबलिङ्ग वातावरण पनि सुनिश्चित गर्न सकेका छैनौं । सिंचाई, मलखाद, प्रविधि, कृषि ऋण, यान्त्रिकरण सर्व सुलभ छैन । कृषि बजारको अवस्था ज्यादै नाजुक छ । समग्रमा कृषि पेशालाई आर्थिकरुपमा आकर्षक बनाउन सकिएको छैन । यसकारण युवा जनशक्ति यो पेशामा आकर्षित छैनन् ।
० व्यवसायिक कृषिमा अन्य जिल्लाको दाँजोमा नुवाकोट जिल्ला कस्तो छ ?
नुवाकोट एकदमै डाइभर्स जिल्ला हो । भुगोल, मानब विकास, जलवायु, आदिमा विविधता छ । जिल्लाका केही क्षेत्रहरु खासगरी काठमाण्डौ नजिकका क्षेत्रहरुमा ब्यवयसायिक कृषिको शुरुवात भैसकेको छ । तरकारी, आलु, कफि, चिया, ट्राउट, खाद्यान्न बालीको बीउ आदीमा ब्यवसायीकरणको क्रम शुरु भैसकेको छ । अन्य पहाडी जिल्लाहरुको तुलनामा नुवाकोट जिल्ला कृषिमा अग्रणी नै छ ।- बैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, असार २७, २०७३