आइतवार, बैशाख ३०, २०८१

महेन्द्रनगर पुगेर कृषि मन्त्रीले मागे माफी

कञ्चनपुर, असार । बुधबार राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेकोमा टीकाटिप्पणी भएपछि मन्त्री गजुरेलले गमलामा धान रोपेर कार्यक्रममा उद्घाटन गर्नुलाई अन्यथा नलिन आग्रह गरेका छन् । धान दिवसका दिन कृषि विकास मन्त्रालयले प्रदान गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा खुमलटार पुगेका गजुरेललाई आयोजकले नै गमलामा धान रोप्न लगाएका थिए । haribol
कृषि मन्त्रीले धान दिवसका दिन गमलामा धान रोपेको भन्दै कार्यक्रम उद्घाटन नपाउंदै गमलामा धान रोपेको फोटो भाईरल बनेको थियो । औपचारिक कार्यक्रम उद्घाटन सकेर धनगढी पुगेका गजुरेल महेन्द्रनगरमा पुगेर पत्रकारहरु माझ क्षमा याचना गर्दै माफी मागेका हुन् । महेन्द्रनगर हुँदै आज उनी बैतडी पुगेका छन् । उनले गमलामा धान रोप्ने विषयमा पत्रकारले समाचार बनाउनुलाई पत्रकारिताको अधिकार भएको बताउँदै “यसले किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु भन्दै क्षमा याचना गरेका छन् । “गमलामा पानी हालेर उद्घाटन गर्नु आफ्नो योजना नभई कृषि मन्त्रालयसँग सम्बन्धित रहेको उनले प्रष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३