शनिबार, बैशाख २९, २०८१

गमलामा धान रोपेर कृषि प्रणाली वैज्ञानिक !

krishi mantry

कञ्चनपुर, असार । असार १५ गते धान दिवसका दिन गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गरेको विषयमा निकै नै विवादित भएका कृषि मन्त्री हरिबोल गजुरेलले कृषि प्रणालीलाई बैज्ञानिक बनाउनु पर्नेमा जोड दिएका छन् । गमलामा धान रोपेर धनगढी पुगेका मन्त्री गजुरेलले परम्परागत रुपमा चलि आएको कृषि प्रणालीलाई बैज्ञानिक तरिकाले अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । मन्त्रीको बैज्ञानिक तरिका भन्ने भनाईलाई धेरैले गमलामा धान रोपेर बैज्ञानिक बनाउन खोजिएको खिस्सा समेत गरेका छन् ।
कृषिलाई बैज्ञानिक र आधुनिकीकरण गर्नुपर्ने भनाई विगतदेखि नै राख्दै आईरहेको मन्त्री गजुरेलको आधुनिकीकरण र वैज्ञानिकीकरण भनेको खेतमा होइन गमलामा धान रोपेर फलाउनु भएको धेरैले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३