मङ्लबार, बैशाख २५, २०८१

कहिल्यै खेती नगरेका राणाले गरे रोपाइँ

काठमाडौं असार । असारको मध्य दिन भक्तपुर जिल्लाको सुडालमा रोपाई गर्दै थिए राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा । आफ्नै पार्टीले आयोजना गरेको धान रोपाई कार्यक्रममा रोपाई गरे जस्तो गरेका राणाले जीवनमा खेतमा गएर रोपाई भने गरेका छ्रैनन् । ropae- pasupatiश्री ३ का सन्तान पशुपति शम्शेर राणाले कृषि प्रधान देशमा जन्मिएर पनि सायदै रोपाई गर्न पाएका थिए होलान् । तर अहिले पार्टी अध्यक्षका नाताले उनी प्रमुख अतिथिका रुपमा भएपनि हिलाम्यै खेतमा पसेर धानका वीउ रोपे यसैमा गर्व गर्ने अवस्था छ । धान दिवसका अवसरमा भक्तपुरमा रापाई गर्न पुगेका उनले कृषि र किसानका समस्यामाथि सम्वोधन गर्न सकेनन् । धान दिवसका अवसरका पनि उनले ६५ प्रतिशत जनता आश्रित रहेको कृषि क्षेत्र र कृषिमा देखिएका समस्याका बारेमा बोलेनन् । किसानहरुले मल तथा बीउ अभावका कारण खेप्नु परेको समस्याका बारेमा राणाले सम्वोधन गर्लान् कि भन्ने आशामा कार्यक्रममा पुगेका उनकै कार्यकर्ताहरु पनि हिस्स परे ।
हुन पनि जीवनमा कहिल्यै खेतीको काम गर्न खेतमा नपसेका राणालाई हिलाम्यै खेतमा प्रवेश गराउने कार्यकर्तालाई धन्य यो बुढेककालमा भएपनि चामल कसरी फल्छ र कति गाह्रो हुन्छ भन्ने अनुभूति राणालाई गराईदिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७३