आइतवार, जेष्ठ ६, २०८१

देश दर्शनले ग¥यो रोपाई

काठमाडौं, १५ असार । “असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,
पातली ज्यानलाई फरिया किन्दा नौ बीस ऋण लाग्यो” ..
यस्तै–यस्तै असारे गीतगाएर सिर्जनशील श्रष्टा, संचारकर्मी र युवायुवतीले दबदबे हिलोमा धान रोपाईका विशिष्ट अनुभवहरु हासिल गरे । ’कृषिमा क्रान्ति, नेपालीको मनमा स्थायी शान्ति !’ भन्ने नाराका साथ देश दर्शनको प्रमुख आयोजनामा सम्पन्न रोपाई कार्यक्रममा खेत खन्ने, खेत सम्याउने, बिउ रोप्ने र पानी पटाउने जस्ता आधारभूत कृषिकर्म सिकाएको थियो ।ropai
दबदबे हिलो माझमा आयोजित कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधब ढुंगेलले नयाँ पुस्तालाई खेती र श्रमको मूल्य बताउन यस्ता रचनात्मक कार्यक्रम उल्लेख्य हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकट भविष्यमा नै युवा परिषदले विज्ञान, प्रविधि, कृषि, साहित्य लगायतका २५ विधालाई समेटेर युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरिएको समेत बताए ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७३