मङ्लबार, बैशाख २५, २०८१

नेपालको पशुपालन स्केचमा रङरोगन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पशुपालन व्यवसया स्केच चित्रमा रङरोगन गरे जस्तै भएको बताएका छन् । काठमाडौंमा आयोजित पशुपन्छी विकास राष्ट्रिय सल्लाहकार समितिको प्रथमसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

cg]lsdsf] 5}6f}F dxf;Dd]ng sf7df8f}Fdf z'qmaf/ cfof]lht clvn g]kfn ls;fg dxf;ª3sf] 5}6f}F dxf;Dd]ngdf ;Daf]wg ub}{ g]skf -Pdfn]_sf cWoIf tyf k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

कृषि तथा पशुपालन व्यवसाय परम्परागत रुपमा चल्दै आईरहेकोले कसैले सिकाईरहनु नपर्ने बताउंदै प्रधानमन्त्री ओलीले पशुपालनलाई व्यवसायिक रुपमा अगाडि बढाउन धेरै मेहनत गर्नु नपर्ने भन्दै नश्ल सुधार र बीमाका क्षेत्रमा भने राज्यले पहल गर्ने बताए । पशुहरुमा फैलन सक्ने महामारीबाट बचाउनका लागि औषधी उपचार महत्वपूर्ण भएको भन्दै त्यस तर्फ सरोकारवाला मन्त्रालयले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
६६ प्रतिशत जनता कृषिमा संलग्न भएको भएपनि कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन नसक्नुमा ‘आईहाल्छ पाईहालिन्छ’ भन्दै उत्पादन गर्न तर्फ नलागेका कारण कृषि उत्पादन विदेशबाट आयात गर्नु परिरहेको समेत बताए ।
हिमाली क्षेत्रमा उत्पादन भएका कृषि जन्य तथा पशुजन्य उत्पादनको मूल्य आफैले तोक्न नजानेको भन्दै प्रधानमन्त्री ओलीले रोजगारी, आय आर्जन एवं आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका कृषि क्षेत्र र पशुपालन व्यवसायले खेल्ने भएकाले पशुपालन क्षेत्रलाई पनि आधुनिक र व्यवसायिक बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३२, २०७३