आइतवार, जेष्ठ ६, २०८१

चार राष्ट्रिय सल्लाहकार समितिमा पशु चिकित्सकको संस्था परेन

काठमाडौं, असार । पशुपन्छी विकास मन्त्रालयले तीन बर्षे पदावधि रहने गरी घोषणा गरेको चारवटा क्षेत्रका राष्ट्रिय सल्लाहकार समितिमा पशु चिकित्सकहरुको संस्था भेटेरीनरी एशोसिएन नेपाल भने परेन । पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण होटलको हलमा आयोजना गरेको पशु पन्छी विकासका क्षेत्रमा गठित राष्ट्रिय सल्लाहकार समितिभित्र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएसन, नेभ्लाका अध्यक्षलाई सल्लाहकार समितिमा समेटिएको भएपनि पशु चिकित्सकहरुको संस्था भेटेरीनरी एशोसिएसन नेपाललाई भने राखिएको छैन ।
अन्य संस्थालाई पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय सल्लाहाकार समितिमा राखेपनि भेटेरीनरी एशोसिएन नेपाललाई नराखिएपछि पशु चिकित्सकहरु खिन्न देखिएका थिए ।
पाराभेटहरु समेतलाई सल्लाहकार समितिमा राख्दा पनि पशु चिकित्सकहरुको भेटेरीनरी एशोसिएनलाई नराखेकोमा एक पशु चिकित्सकले समिति कसका लागि बनाइएको भन्दै प्रश्न उठाएका थिए ।-ज्ञानीमाया गलान

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३२, २०७३