बुधबार, बैशाख १९, २०८१

मुस्ताङमा स्याउको उत्पादन घट्ने

मुस्ताङ, ८ जेठ । यस वर्ष हिउँदको प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने देखिएको छ । हिउँदको समयमा कत्ति पनि हिँउ नपर्नु, पानी नपरी तापक्रम ह्वात्तै बढ्नु र किसानले मलजल र स्याउका बोट काँटछाँट नगरेका कारण नै अहिले स्याउका बगैँंचामा निकै पातला दाना लागेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
दुई तीन फिट बाक्लो हिउँंको चिसोले स्याउका बोट कठ्याग्रिएपछि मात्रै स्याउको पूmलपूmल्न र दाना लाग्न अनुकूल पर्ने कार्यालयले जनाएको छ ।
जिल्लाका पाकलिङ र चिमाङका केही स्याउ बगैँचामा ‘जिजिया मथ’ नामक एक प्रकारको पुतली लागेको र ती ठाउँका केही बगैँंचाका स्याउका बोट सबै सखाप भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । गत वर्ष जिल्लाका किसानले ३५०० मेट्कि टन स्याउ उत्पादन गरी त्यसको बिक्रीबाट झन्डै रु ४० करोड कमाएका थिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ८, २०७३