आइतवार, जेष्ठ ६, २०८१

पशुपन्छी मन्त्रालयका उच्च अधिकारीहरु बरण्डामा दिन बिताउँछन्

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालयबाट विभाजन भएर बनेको पशुपन्छी विकास मन्त्रालयका उच्च कर्मचारी बस्ने ठाउं अभावका कारण बरण्डामा गफ चुटेर दिन विताउनु परेको छ । कृषि विकास मन्त्रालयले पशुपन्छी विकास मन्त्रालयले पर्याप्त ठाउँ उपलब्ध नगराएको उच्च अधिकारीहरु बरण्डा वा चमेना गृहमा बसेर दिन कटाउन वाध्य भएका छन् । पशुपन्छी विकास मन्त्रालयमा कर्मचारी धमाधम थप गरेका कारण पनि यो अवस्था आएको केही कर्मचारीले गुनासो गरेका छन् । ठाउँ पनि छैन, काम पनि छैन किन मन्त्रालय बोलाइएको हो अचम्म परेका छौं एक उच्च अधिकृत बताए । pasu mantralaya kri
उपसचिव स्तरका कर्मचारीदेखि अन्य कर्मचारीहरु पनि स्थान अभावका कारण अन्य सहकर्मीहरुको कार्यकक्षमा रहेको सोफामा बसेर काम गरिरहेका देखिन्छन् । पशुपन्छी विकास मन्त्रालयका जाने जो कोहीले पनि कर्मचारीको भीडलाई सेवाग्राही हो कि भनेर झुक्किने गर्दछन् ।
पशुपन्छी विकास मन्त्रालयलाई ठाउँ नभएको भन्दै पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण चन्द्र पौडेलले जलश्रोत तथा कृषि समितिमै गुनासो समेत गरेका थिए । तर, एउटा मन्त्रालयको सचिवले कोठा भएन कर्मचारीले काम गर्न पाएनन् भनेर संसदीय समितिमा नै गएर विलौना गर्दा पनि कर्मचारीलाई बस्ने र काम गर्ने वातावरण बनाउन मन्त्रालयले सकिरहेको छैन । सरकारले कृषि विकास मन्त्रालयलाई फुटाएर कर्मचारीको विजोग गर्नु भन्दा मन्त्रालयलाई एकीकरण गरेर पुरानै संरचनामा राख्दा के विग्रन्थ्यो पिडित कर्मचारीहरुले सरकारसँग गुनासो गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७३