आइतवार, जेष्ठ ६, २०८१

मगन्ते शैलीले देश नबन्ने

झापा, १५ वैशाख । कृषिलाई उच्च प्राथमिकतामा नराखी देशको विकास हुन नसक्ने कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले बताएका छन् । झापा पुगेका मन्त्री गजुरेलले मगन्ते शैलैबाट मुलुकको दिगो विकास हुन नसक्ने बताउंदै सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गर्न लागेको बताए । उनले कृषिको विकास गर्न कृषिलाई व्यवसायिक र औधोगिकीकरण गर्नुको विकल्प नरहेको समेत बताए ।
साथै उनले धानबालीको उत्पादन बृद्धि गर्नका लागि आगामी आर्थिक बर्षमा झापा जिल्लालाई सुपर जोन बनाउने प्रया गरेको बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७३