आइतवार, बैशाख १६, २०८१

कृषक परिचय पत्र फारम बेच्ने पक्राउ

चितवन, चैत्र । किसान परिचयपत्रका लागि निःशुल्क वितरण हुने फाराम हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले शुल्क लिएर बा“डेको छ । जिल्ला कृषि सेवा कार्यालय खैरहनीबाट निःशुल्क रुपमा फाराम लगेर फोटोकपी गरी धमाधम रकम लि“दै सहकारीले वितरण गरेकोे हो । राप्ती नगरपालिका ५ मा रहेको हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले प्रति फाराम ३१० रुपैया“ लिएर बेचेको पाइएपछि आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको छ ।
सरकारले निःशुल्क भनेको फारम सहकारीले विक्री गरेको थियो । सहकारीले उक्त रकम किन र के उद्देश्यका लागि संकलन गरेको हो भन्ने कुनै थप जानकारी नआएको प्रशासनले जनाएको छ । बिना–भर्पाइ किसानलाई शुल्क लिएर फाराम वितरण भएपछि प्रहरीले छापा मारेको थियो । त्यस क्रममा ९० हजार ३० रुपैया“ नगद र २ सय ५७ वटा फाराम बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उक्त घटनामा संलग्न भएको आरोपमा सहकारीका अध्यक्ष धर्मराज क“डेल र लेखापाल चेतनाथ वली प्रहरी नियन्त्रणमा रहेका छन । सरकारी वकिलसँगको आवश्यक परामर्शपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । अहिले कृषि कार्यालयले परिचयपत्र बनाउनका लागि किसानस“ग निवेदनको आह्वान गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालय र पशु कार्यालयको नेतृत्व र समन्वयमा परिचयपत्र दिन लागिएको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनले व्यवसायिक रुपमा कृषि पेसा अ“गालेका किसानलाई किसान परिचयपत्र दिने भएको छ । पहिलो चरणमा ७ हजार किसानलाई परिचयपत्र दिने तयारी भएको छ । नया“ वर्ष २०७३ बाटै लागू हुने गरि परिचयपत्र दिने तयारी तीव्र पारिएको छ । कृषिस“ग सम्बन्धित सरकारी अनुदान वितरण प्रणाली प्रभावकारी बनाउन किसान परिचयपत्र अनिवार्य भएकाले वास्तविक किसान पहिचान गरी परिचयपत्र दिने तयारी भएको कार्यालयका प्रमुख सोमनाथ घिमिरेले बताए ।
परिचय पत्र वितरणका लागि प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा कार्यान्वयन समिति समेत गठन भएको छ । जसमा स्थानीय विकास अधिकारी, प्रहरी प्रमुख, सहकारी डिभिजन कार्यालयका प्रमुख, बीउ विक्री कम्पनी लगायतका कार्यालयहरु सदस्य रहने व्यवस्था छ । पहिलो चरणमा कृषि समूह र सहकारीको सदस्यलाई केन्द्रित गरी परिचयपत्र वितरण गर्न लागिएको प्रमुख घिमिरेले जनाए । परिचयपत्र प्राप्त गर्नका लागि जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने र एउटा घरमा एक जनाले मात्र परिचयपत्र पाउने उनले जनाए । – बिल बहादुर अधिकारी

प्रकाशित मिति: आइतवार, चैत्र २८, २०७२