आइतवार, बैशाख १६, २०८१

प्रत्येक गाविसमा एक कृषि एक पशु प्राविधिक राख्ने निर्णय

काठमाडौं, चैत्र । किसानहरुले प्राविधिक सहयोग नपाएको गुनासो बढ्दै गएपछि सरकारले चालु आर्थिक बर्षबाट प्रत्येक गाविसमा एक कृषि र एक पशु प्राविधिक राख्नका तयारी गरेको थियो । JTAतर प्रत्येक गाविसमा एक प्राविधिक राख्न जनशक्ति अभाव भएको भन्दै सो कार्य लागू हुन सकेको थिएन । आज बसेको मन्त्रिपरिषद्को वैठकले प्रत्येक गाविसमा एक प्राविधिक राख्ने निर्णय गरेपछि अव गाउं गाउंमा प्राविधिक पु¥याउनका लागि कृषि तर्फ ५ सय र पशु तर्फ ५ सय गरी एक हजार प्राविधिकहरु थप हुने भएका छन् ।
थप गर्न लागिएका एक हजार कृषि तथा पशु प्राविधिकहरुलाई प्रतिष्पर्धाबाट करारमा नियुक्त गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २६, २०७२