आइतवार, जेष्ठ ६, २०८१

एकाधिकारबाट तरकारीको मूल्यमा वृद्धि

कास्की, २३ चैत । पोखराको शान्तिवन वाटिकामा रहेको थोक कृषिउपज बजारको एकाधिकार (सिण्डीकेट)का कारण उपभोक्ताले फलपूmल र तरकारी महँगोमा खरिद गर्नु परिरहेको छ । फलपूmल तथा तरकारी व्यवसायी लेखनाथ पौडेलका अनुसार ट्रक व्यवसायीले ढुवानी भाडा अत्यधिक लिने गरेका कारण फलपूmल तथा तरकारी महंँगो हुने गरेको हो । केही ट्रक व्यवसायीका एकाधिकारका कारण व्यापारीले महँगो भाडा जोडेर फलफूल तथा तरकारी उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।
यस्तै बजार व्यवस्थापकले वार्षिक रूपमा सटर सञ्चालन गरेबापत पोखरा उपत्यका नगर विकास समितिलाई वार्षिक रु चार लाख ९५ हजार राजस्व बुझाउने गरेका छन् । तर व्यवस्थापकले भने कृषिउपज बजारका सटरबाट मासिक रु सात लाख भन्दा बढी भाडा उठाउने गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २३, २०७२