आइतवार, जेष्ठ ६, २०८१

दोलखाका किसान पुरस्कृत

दोलखा, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले तीन जना किसानलाई आज राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ । जिल्लाको भीमेश्वर नगरपलिका–१० का श्यामबहादुर खड्का (फलफूल खेती), फस्कु गाविस–१ का रत्नबहादुर बुढाथोकी (सुन्तला खेती) र जिरी नगरपालिका–६ का शेरबहादुर श्रेष्ठ (बङ्गुरपालन)लाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । उनीहरूलाई सांसद पार्वत गुरुङले जिल्लाको लाँकुरीडाँडा गाविसस्थित कार्यक्रममा सम्मानित गर्नुभएको हो ।
सो कार्यक्रममा किसानलाई दुईवटा हाते ट्र्याक्टर, टनेललगायत सामग्री हस्तान्तरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा, वरिष्ठ कृषि विकास अधिकृत बौआलाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २३, २०७२