बुधबार, बैशाख २६, २०८१

माछामा आत्मनिर्भर बन्दै उदयपुर

गाईघाट, १९ फागुन । केही वर्षयता उदयपुर जिल्ला माछा उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्न थालेको छ । जिल्लामा व्यावसायिक रूपमा ५५ जना किसानले माछापालन गर्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा वार्षिक ७० क्विन्टलसम्म माछा उत्पादन हुने गरेको छ । उत्पादित माछामध्ये २० क्विन्टल उत्पादक आफैले उपभोग गर्ने गरेका छन् भने बाँकी बिक्री हुने गरेको माछा अधिकृत सतन यादवले जानकारी दिएका छन् । अहिले कूुल मागमध्ये ४० प्रतिशत आपूर्ति स्थानीय उत्पादित माछाले पूर्ति गरेको छ ।
सदरमुकाम गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रलगायत बेल्टार र कटारी क्षेत्रमा किसानले समूहगत तथा एकल रूपमा क्याटफिस, रहु, नैनी, माकुर, बिगहेड, सितमर, कमन, ग्रासक्राप, माया प्रजातीका माछापालन सुरु गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १९, २०७२