बिहिबार, बैशाख १३, २०८१

मासु जाँच ऐन लागू गर्ने तयारी

लुम्बिनी,१८ फागुन । बुटवलमा निर्माण गरिएको पशु वधशाला सञ्चालनमा ल्याएर रुपन्देहीबाट मासु जाँच ऐन लागू गर्ने तयारी सुरु गरिएको छ । बुटवल उप–महानगरपालिका र मासु व्यवसायी सङ्घले वधशाला चाँडो सञ्चालनमा ल्याएर यस क्षेत्रबाट नेपालमै पहिलो पशु वधशाला तथा मासु ऐन २०५५ लागू गर्ने सहमति गरेका छन् । निश्चित स्थानमा मात्र पशु वध गर्नुपर्ने, पशु÷पक्षी वध गर्नुपूर्व रोग ब्याधी लागेको छ वा छैन भनेर परीक्षण गरिनुपर्ने, मासु काटेपछि फ्रिजिङसहितको गाडीमा राखेर मासु पसलसम्म पु¥याउनुपर्ने, मासु बेचविखन गर्ने पसलमा अनिवार्य डिफ्रिज राखिनुपर्ने र वधशालामा एक जना भेटनरी डाक्टर हुनुपर्ने ऐनमा व्यवस्था छ ।
त्यस्तै ऐनमा पशुजन्य जनावर पशु चिकित्सकले पशुजाँच गरेर छाला र रगत निकालेर चिस्यानमा राखेको र छाप लगाएको मासु पसलेले बेच्ने प्रावधान रहेको छ । उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले बुटवलबाट मासु ऐन लागू गर्ने योजनामा आपूmहरू रहेको बताए । वधशाला छिट्टै सञ्चालन गरेर मासु ऐन लागू गर्ने तयारीमा जुटेका छौँ” उनले भने ।
वधशाला निर्माण भएको एक वर्ष पुग्दासमेत सञ्चालन हुन नसक्दा चौतर्फी दबाब आएपछि उपमहानगरपालिका र मासु व्यवसायी व्यवसायी सङ्घले वधशाला छिट्टै सञ्चालनमा ल्याई यस क्षेत्रबाट मासु ऐन लागुगर्ने निष्कर्षमा पुगेका हुन् । वधशाला सञ्चालनको कार्यविधि र योजना निर्माणको जिम्मा पशु सेवा कार्यालयका प्रमुख डा गान्धीराज उपाध्यायलाई दिइएको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १८, २०७२