शनिबार, बैशाख १५, २०८१

अधिकांश मासु पसलमा गुणस्तरहिन मासु

काठमाडौं । काठमाडौं उपत्यकामा विषाक्त तथा बासी मासु प्रशस्त मात्रामा भेटिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार कानूनलाई कार्यान्वय गर्नका लागि आफूहरु प्रतिवद्ध भएर लागेको समेत बताएका छन् । meat
काठमाडौं जिल्लाका २६ वटा मासु पसलको अनुगमन गर्दा धेरै मासु पसलहरुमा विषाक्त मासु फेला परेकोले विषाक्त एवं बासी मासु विक्री गर्ने व्यवसायीहरुलाई एक पटकका लागि सचेत गराएर छाडिएको समेत उनले बताए । रकम तिरेर उपभोग गर्ने मासु स्वच्छ छ कि छैन भन्ने कुराको उपभोक्ता आफै पनि सचेत हुनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यसका लागि जनचेतना अभिबृद्धि गर्न लागिएको समेत बताए ।
उनले जिल्ला पशु सेवा कार्यालय काठमाडौं र जिल्ला कृषि विकास कार्यालयलाई समेत खाद्य स्वच्छताको लागि क्रियाशील ढंगले अगाडि बढ्न निर्देशन दिएको समेत बताएका छन् ।
अहिले काठमाडौं मासुजन्य पदार्थका लागि थानकोट नाका भएर भित्रने पशु बस्तुहरुको चेकजाँचलाई तीव्रता पारिएको भन्दै सुवेदीले क्यारेण्टाइन मार्फत पशुको स्वास्थ्य जाँच गरिएको पनि बताए ।
स्वच्छ मासु उपभोक्ताहरुको अधिकार भएकोले उपभोक्तालाई स्वच्छ मासु विक्री वितरण गर्नका लागि मासुजांच ऐन २०५५ ल्याईएको भएपनि अहिलेसम्म कार्यान्यन हुन सकेको छैन ।

प्रकाशित मिति: मङ्लबार, माघ १९, २०७२