शुक्रबार, बैशाख १४, २०८१

कृषि मन्त्री हरिबोल गजुरेल क्याविनेट वैठकमा गएनन्

काठमाडौं, माघ । शुक्रबार तीन बजेदेखि सिंहदरबारमा सवै मन्त्रीहरु समाबेश भएर मन्त्रीपरिषद् वैठक शुरु भईरहंदा कृषि विकास मन्त्री हरिवोल प्रसाद गजुरेल भने क्याविनेट वैठकमा गएनन् । कृषि विकास मन्त्रालय फुटाएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसंग रुष्ट भएका कृषि मन्त्री क्याविनेट वैठकमा उपस्थित नभएपछि वैठकमा कृषि मन्त्रीको चर्चा चलेको बताइएको छ । सो वैठकमा कृषि मन्त्री नआउनुको विषयले धेरै ठूलो ठाउँ नपाएपनि मन्त्री उपत्यका बाहिर वा देश बाहिर भएर नआएका भने होइनन् ।krishi
प्रधानमन्त्री कार्यालयमा क्याविन वैठक चलिरहँदा कृषिमन्त्री हरिबोल प्रसाद गजुरेल कृषि विकास मन्त्रालय सिंहदरबार मै कार्यकर्ताहरुसंग भेटघाट मै व्यस्त देखिएका थिए । सांढे तीन बजे पछि मात्र उनी कृषि विकास मन्त्रालयको सभाकक्ष योजना महाशाखाले आयोजना गरेको आगामी बर्ष २०७३÷ ७४ को लागि प्रस्तावित कार्यक्रम तर्जुनमा गर्ने मार्गदर्शन कार्यक्रममा उपस्थित भएको बताइएको छ ।
सो मार्गदर्शन कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री गजुरेलले आफूले ल्याएको २७ बुंदे प्रतिवद्धता महत्वाकांक्षी योजना भएको स्वीकार गर्दै चालु आवको बजेट तथा कार्यक्रमहरु २७ बुंदेलाई सम्वोधन हुने गरी परिमार्जन गरी कार्यान्वयन गराउनका लागि निर्देशन समेत दिएका थिए । उनले जो कोही कृषि मन्त्री भएर आएको भएपनि सो काम गर्ने बताउंदै २७ बुंदेभित्र पनि कमीकमजारी रहेको पनि स्वीकार गरे । तर, ती कमी कमजोरीलाई सुधार गर्दै जानु पर्ने पनि बताए । त्यसका लागि सवै राजनीतिक, सरोकारवाला निकायहरुको सहयोगको अपेक्षा पनि गरेका थिए ।
योजनाहरु ‘क्रिटिकल’ नभएसम्म सही ठाउंमा पुग्न नसक्ने भन्दै मन्त्री गजुरेलले कृषि विकास मन्त्रालय विभाजन भएर पशुपंक्षी विकास मन्त्रालय बनेको भएपनि फरक नसम्झेर दुवै मन्त्रालयलाई प्राथमिकतामा राखेर आगामी बर्षको योजना बनाउन समेत निर्देशन समेत दिएका थिए । साथै उनले कृषि क्षेत्रको बजेटलाई बढाएर नलगेसम्म मुलुकको आर्थिक बृद्धि हुन नसक्ने समेत बताए । सोही क्रममा उनले आपूmले क्याविने वैठक नै त्याग गरेर मार्गदर्शन कार्यक्रममा सहभागी भएको पनि बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ८, २०७२