शनिबार, बैशाख १५, २०८१

पाँच बर्षमा दूधमा आत्मनिर्भर हुने : पन्त

पाल्पा, पुस । आम उपभोक्ताहरुलाई गुणस्तरीय दूध उपभोग गर्ने वातवारणको श्रृजना गर्नु पर्नेमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले जोड दिएका छन् । उपभोक्ताहरुको हक अधिकारको सुरक्षा गर्दै देशलाई दूधमा आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको र केही बर्षभित्रै मुलुक दूधमा आत्मनिर्भर हुने कार्यकारी निर्देशक पन्तले बताए ।babukaji-panta

पाल्पामा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक पन्तले सो कुरा बताएका हुन् । उनले बीस बर्षे दुग्ध विकास रणनीति बनाएर नेपाल सरकार समक्ष प्रस्तुत गरिसकेको समेत उनले बताए । विगतका बर्षहरुमा दूध आयात गरिरहनु परेको भएपनि अहिले दूध उत्पादनमा बृद्धि गरी दूधको आयात मात्रालाई प्रतिस्थापन गरिरहेको समेत बताए । यही रुपमा अगाडि बढ्दै आगामी पाँच बर्षभित्र दूधमा आत्मनिर्भर बन्न सक्ने उनले ठोकुवा समेत गरेका थिए ।
त्यसका लागि बोर्डले आफ्नो उदेश्य अनुरुप गाईबाट बाच्छी मात्र जन्मने खालको आठ हजार डोजको बीर्य आयात गरिन लागिएको समेत खुलासा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७२