शुक्रबार, बैशाख १४, २०८१

कृषि मन्त्रीका कुराले कृषि विज्ञ झण्डै मुर्छित

दाङ, पुस । कृषि विकास मन्त्री हरिबोल गजुरेल यतिखेर प्रधानमन्त्री केपी ओलीकै लाईनमा हिड्न थालेछन् । आज उनले दाङ्गमा बोलेको कुराले नै उनी ओली लाईनमा हिड्न थाले भन्ने कुरा प्रष्ट भएको छ । कृषि विकास मन्त्रालय फुटाएर पशुपंक्षी मन्त्रालय बनाएको झोंकमा केही दिन अगाडि ओली गुहार्न पुगेको मन्त्री गजुरेललाई ओलीको बोलीले के गरायो कुन्नि उनी पनि हावादारी गफ गर्दै जनता भुल्याउन थालेका छन् । हावाबाट विजुली निकाल्ने, जनताको भान्छा कोठामा नै ग्यासको पाइप लाइने विछ्याने हावादारी गफ दिने प्रधानमन्त्री र कृषि प्रधान देशका कृषि मन्त्री उस्तै उस्तै देखिएका छन् । Haribo
कृषिलाई मुलुकको आर्थिक मेरुदण्ड भन्ने मन्त्री गजुरेलले एक इलाका एक उत्पादन केन्द्र लागू गरिने बताएपछि कृषि क्षेत्रमा लामोसययदेखि काम गरिरहेका दाङ्गका कृषि विज्ञहरु झण्डै मुर्छा परेका थिए । कृषि विकास मन्त्रालयले करोडौं खर्च गरेर विगतदेखि नै लागू गरेको एक जिल्ला एक उत्पादन नै सफल हुन नसकिरहेका बेला कृषि मन्त्रीले एक इलाका एक उत्पादन भन्नु हांस्यास्पद नै हो भन्दा फरक नपर्ला ।
एक इलाका एक उत्पादन केन्द्रको अवधारणा लागू गर्ने मन्त्रीको विचार मुलुकको लागि अति नै उत्तम हो । तर त्यो कार्यान्वयन गर्ने काममा मन्त्री लाग्न सक्छन् ? लामो समयदेखि सञ्चालन भईरहेको कार्यक्रमलाई सफल एक जिल्ला एक उत्पादन वा एक गाउं एक उत्पादन कार्यक्रमलाई नै सफल बनाउनेतिर पो मन्त्री गजुरेलले ध्यान दिएको भए त हुन्थ्यो होला नि !

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७२