काठमाडौं । पूर्व कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मन्त्री छंदा पदको दुरुपयोग गरी छोरा गिर्वाणलाई किसान बनाएर अष्ट्रेलिया पठाएका थिए । सरकारी रकममा अर्थात दुग्ध विकास संस्थानले खर्च व्यहोर्ने गरी उनले छोरालाई अष्ट्रेलिया पठाए थिए । किसानका नाममा छोरा गिर्वाणलाई अष्टे«लिया पठाएको खवर त्यसबेला नै कृषि अनलाईनले सम्प्रेषण गरे लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो विषयलाई लिएर पत्र काटेको थियो ।
आफू मन्त्री भएको बेला किसानहरुको भ्रमणमा उनले आफ्नो छोरालाई दुग्ध उत्पादक सहकारी संस्थाको शेयर सदस्य बनाएर अष्ट्रेलिया पठाएका थिए । सो कार्यक्रम सहभागी हुन पठाउनका लागि उनले मन्त्रीपरिषद्बाट समेत स्वीकृत गराएका थिए । मन्त्रीपरिषद्बाट स्वीकृत गराएर उनले छोराको अष्ट्रेलियाको सम्पूर्ण खर्च दुग्ध विकास संस्थानबाट तिराएका थिए । सो कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सेनाको समेत सहभागी भएका थिए ।
अख्तियारले कृषि अनलाईन र कृषि साप्ताहिकमा प्रकाशित समाचारलाई आधार बनाई हालेको उजुरीलाई लामो समयसम्म अनुसन्धान गरेर हरिप्रसाद पराजुलीले पदमा रहँदा पदको दुरुपयोग गरी छोरालाई गैर कानूनी रुपमा अष्ट्रेलिया पठाएको ठहर गर्दै दुग्ध विकास संस्थानले गरेको खर्चले संस्थानलाई आर्थिक व्ययभार परेकोले सम्पूर्ण रकम असुल उपर गरी संस्थान कै खातामा जम्मा गर्न लगाएको छ ।
मन्त्रीबाट राजीनामा दिएपछि उनले कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री बामदेव गौतमको सल्लाहकारका रुपमा कृषि विकास मन्त्रालयको काम समेत हेरेका थिए । सरकार परिवर्तन पछि केही समय अमेरिका बसेर आएका पूर्व कृषि मन्त्री पराजुलीले अख्तियारको निर्देशनलाई पालना गर्दै छोरालाई अष्ट्रेलिया पठाउंदा दुग्ध विकास संस्थानबाट गरिएको खर्च संस्थान कै खातामा जम्मा गरिदिएका छन् ।
अमेरिकाबाट फर्केर पूर्व कृषि मन्त्रीले तिरे दुईलाख साठी हजार हर्जना

Add Comment