शुक्रबार, बैशाख २१, २०८१

मन्त्रालयका सहसचिवहरु फेरवदल मन्त्रीका सल्लाहकार विवादमा

काठमाडौं । कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले मन्त्रालय मातहतका सहसचिवलाई व्यापक फेरबदल गरेका छन् । मन्त्री गजुरेलको निर्देशनमा कृषि विकास मन्त्रालयका पाँच जना सहसचिवहरुलाई सरुवा गरिएको छ । आन्तरिक रुपमा गरिएको यो सरुवालाई कृषि विकास मन्त्रालयका कर्मचारीहरुले राजनीतिक रुप दिन थालेका छन् । ministry agricultue
आधा दजर्नभन्दा बढी सल्लाहकारको घेरामा रहेका मन्त्री गजुरेलले तीन बर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने भाषण छाँटेपनि मन्त्रालयका सहसचिवहरुलाई आफ्नो अनुकूल चलाउन खोजेको आरोप लागेको छ । अहिले भएको सरुवा पनि उनै सल्लाहकारहरुको सल्लाह बमोजिम गरिएको मन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
सरुवा हुनेमा हरिहर भवनमा रहेको कृषि सूचना तथा सञ्चार केन्द्रका ईश्वरी प्रसाद रिजाललाई मन्त्रालयको खाद्य सुरक्षा तथा वातावरण महाशाखामा ल्याइएको छ । भने कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाका डा सुरोज पोख्रेललाई नीति तथा बैदेशिक महाशाखामा तानिएको छ । सो महाशाखाका सहसचिव डा. राजेन्द्र अधिकारी केही साता अगाडि मात्र अध्ययनका लागि अष्टे«लिया गएका थिए ।
मन्त्रीले हेरफेर गरेका सहसचिवहरुमा कृषि तथा खाद्य सुरक्षा आयोजनाका डा. श्याम पौडेललाई आयोजनाबाट हटाएर कृषि व्यवसाय प्रर्वद्र्धन तथा तथ्यांक महाशाखामा तानिएको छ । उनको ठाउँमा क्षेत्रीय कृषि निर्देशनालयका सहसचिव तेजबहादुर सुवेदीलाई सरुवा गरिएको छ ।
त्यस्तै क्षेत्रीय कृषि निर्देशनालय सुदुर पश्चिमाञ्चल दिपायलको क्षेत्रीय निर्देशकमा भने शरदचन्द्र श्रेष्ठलाई सरुवा गरिएको छ । गत बर्ष कृषि विभागका महानिर्देशकका लाईनमा बसेका लेखनाथ आचार्यलाई त्यस बेला पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय पोखरा सरुवा गरिएको थियो । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । तर जिम्मेवारी अझै पनि दिइएको छैन । लामोसमयदेखि जिम्मेवारी विहीन बनाएपछि आचार्य अहिले घर विदामा बसेको जनाईएको छ । आचार्य रहेको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा भने कृषि विभागका उपमहानिर्देशक बेनी बहादुर बस्नेतलाई काजमा पठाइएको छ ।
अहिले गरिएको सरुवालाई निष्पक्ष रुपमा सरुवा नगरिएको भन्दै कतिपय सहसचिवहरुले रुष्टता पनि प्रकट गरेका छन् । मन्त्रीका केही निजी सल्लाहकारहरुले पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीलाई हटाउन लविङ्ग गरेको भएपनि प्रेमीले महानिर्देशक भएपछि तटस्थ रुपमा काम गरिरहेकाले उनलाई हटाउन मन्त्री नै नमानेको बताइएको छ । भने कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीलाई पनि हटाउने सोच अगाडि सारिएता पनि सहसचिव मध्ये एमाओवादी निकट मानिएका डा सुरेशबाबु तिवारीले चाकडी नगरे कै कारण महानिर्देशक बन्नबाट बञ्चित भएका छन् । जिसी महानिर्देशक बन्नु अगाडि तिवारी विभाग मै उपमहानिर्देशकका रुपमा कार्यरत थिए । पछि जुनिएर महानिर्देशक जिसी ल्याएपछि तिवारीलाई मन्त्रालयमा सरुवा गरिएको थियो ।
मन्त्रीको सल्लाहकारहरु विवादमा
कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले सात जना अघोषित रुपमा सल्लाहकार राखेको भन्दै कृषि विकास मन्त्रालय र मातहतमा कार्यरत एमाओवादी निकट कर्मचारीहरु रुष्ट बनेका छन् । हरिबोल गजुरेल पनि पुरानै मिज्जु मन्त्री हरिप्रसाद पराजुलीको विडों थाम्ने लाईनमा लागेको भन्दै उनीहरु रुष्ट बनेका हुन् । अहिले मन्त्रालयमा काम गर्नका लागि सहजताका लागि राखिएका निजी सचिवहरुको जिम्मेवारी बांडफाँडमा समेत समस्या देखिएकाले काम कसरी गर्ने भन्नेमा अन्योलता रहेको उनीहरुको आरोप छ । विगतदेखि नै हरिबोल गजुरेलको निजी सचिवका रुपमा काम गरिरहेका रमेश गुरागाई (उपसचिव सरह सेवा सुविधा पाउने गरी नियुक्ति) सँगै राज्य मन्त्री सरहको अधिकार दिइएको भनिएका सल्लाहकार तर शाखा अधिकृतको तलव पाउने गरी नियुक्ति पाएका नहेन्द्र खड्का मध्येको मार्फत काम गर्ने भन्ने अन्योलता कृषि मन्त्रालयमा भएपछि एमाओवादी निकट कर्मचारीहरु पार्टी मुख्यालयमा नै जाने तयारी गरको छन् । यस विषयमा मन्त्रीका निजी सचिव रमेश गुरागाई को कुन तहको हो भन्दा पनि कामप्रति बफादार भए लाग्नु पर्ने बताउँछन् ।
एमाओवादी निकट कर्मचारी स्रोतका अनुसार नहेन्द्र खड्कालाई तलव भत्ता पाउने गरी सल्लाहकार नियुक्त गरिएको भएपनि स्वयंसेवी सल्लाहकारका रुपमा डा नारायण घिमिरे, डा दिलबहादुर गुरुङ्ग, डा. शितलकाजी श्रेष्ठ मित्रराज दवाडी लगाएका व्यक्तिहरु राखिएको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २९, २०७२