शनिबार, बैशाख ८, २०८१

आफनैबाट कृषि मन्त्रीलाई खतरा

काठमाडौं, ५ पुस । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेल पदमा गएको केही समय पछि नै विवादमा पर्न थालेको छन् । विवादमा मन्त्री नराम्रो भएर होइन अहिले मन्त्रीको सचिवालयले गर्दै आईरहेको कामका कारण मन्त्री विवादमा पर्न थालेका छन् । कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै मन्त्रालयको कुनै पनि ठाउंमा सरुवा नगर्ने पार्टीको निर्देशन भएपनि कृषिमा सहसचिवहरुको फेरवदल हुने मन्त्रीको कामप्रति सशंकित बनेका छन् । haribol gajurel
डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहंदा भूमिसुधारका लागि गठित आयोगको संयोजक बनेका कृषि मन्त्रीले भूमि सुधारबाट मात्र कृषिको विकास हुन्छ भन्ने जान्दा जान्दै पनि कृषि क्षेत्रको विकासका लागि भन्दा पनि पार्टी निकट कर्मचारी एवं विशेष गरी मन्त्रालयको सचिवालयको पेरिफेरि मात्र हुन थालेपछि उनी माथि शंका गर्न थालिएको छ । अहिले गरिएको सहसचिवहरुको सरुवा लगतै जिल्ला
जिल्लामा रहेका कृषि तथा पशु कार्यालयका प्रमुखहरुको सरुवा गर्ने तयारी गरिरहेको पनि बुझिएको छ । यो सरुवामा ठूलै आर्थिक संकलन गर्ने किसिमले गर्न लागिएको पनि बताएको छ । त्यसैले विवाद नमुछिएका गजुरेललाई कृषि मन्त्रालयमा रहेका उनकै आफन्तबाट विवादमा ल्याउने काम हुन लागेको स्रोतले बताएको छ । हरिप्रसाद पराजुली मन्त्री रहंदा कालिकोट सरुवा गराईदिए एक लाख दिने शर्त राखेका व्यक्ति नै अहिले सचिवालयमा पुगेपछि उनको काम सरुवामा आर्थिक चलखेल गर्ने सिवाय अरु केही नभएको कर्मचारीहरु बताउंछन् ।

प्रकाशित मिति: आइतवार, पुस ५, २०७२