शनिबार, बैशाख १५, २०८१

तीन वर्षभित्र कृषिमा आत्मनिर्भर !

काठमाडौं, १३ मंसिर । नेपाल कृषि प्रधान देश भन्दै कृषिमा आत्मनिर्भर हुने योजनाहरु बनाईरह“दा कृषिमा संलग्न किसानहरुको अवस्था कस्तो छ रु कृषि पेशामा दत्तचित्र भएर लागेका युवा पुस्ताको संख्या कति होला रु भन्ने तथ्यांक यतिखेर पाउन मुश्किल छ । हुन त योजना बनाउनका लागि कुनै श्रम प्रयोग गर्नु पर्ने आवश्यक छैन । कोठाभित्र बसेर दिमाग चलाएर र कलम घुमाएर आत्मनिर्भर हुने भईदिएको भए सायद नेपाली जनताले यतिखेर नाकावन्दी कै कारण अवौं रुपैयांको हानी गर्नु पर्ने थिएन होला रु
हाम्रो मुलुक कृषिजन्य बस्तु उत्पादनका दृष्टिकोणले प्रथम बनिसक्थ्यो होला तर, बन्न सकिरहेको छैन । बरु एक खर्वभन्दा बढीको कृषिजन्य बस्तु आयात गरिरहेको कृषि विकास मन्त्रालयको तथ्यांकले देखाउछ । कृषि विकास मन्त्रालयले सार्वजनिक गर्ने गरेको तथ्यांकलाई मात्र केलाउने हो भने पनि नेपाल यही अवस्थामा कृषिको कुनै पनि बस्तु र बालीमा आत्मनिर्भर बन्न सक्दैन भन्ने कुराको ठोकुवा गर्दा ठिक हुन्छ होला रु त्यत्ति भनिरहंदा सरकारी अधिकारीको धारणा हुन सक्छ युवा लक्षित कार्यक्रमबाट धेरै युवाहरु कृषि तर्फ आकर्षित भएका छन् । कुरा सहि पनि हुन सक्ला जिल्ला कृषि कार्यालय वा जिल्ला पशु सेवा कार्यालयहरु मार्फत युवा लक्षित कार्यक्रमका लागि छट्याईएको बजेटका आधारमा युवाहरुले कृषिमा कायापलट नै गरिसकेका छन् । तर तीनै अधिकारीहरुसंग कृषि उपज उत्पादनको तथ्यांक माग्ने हो भने बालुवामा पानी बराबरको प्रतिफल देख्न सकिन्छ ।
अहिलेसम्म कृषि क्षेत्रमा गरेको लगानी र त्यसबाट भएको उपलब्धीहरुलाई हेर्ने हो भने तीन बर्षमा आत्मनिर्भर बन्ने कुरा हावादारी गफ भन्दा फरक नहोला । मन्त्रालयले नै सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्ने हो १८ करोडको तरकारी मात्र आयात गरिएको देखिन्छ । त्यही तरकारी उत्पादन गरेर तीन बर्षभित्रमा ८३ करोडको निर्यात गर्ने लक्ष्य सहितको योजना बनाएको कृषि मन्त्रालयले कागजी रुपमा योजना मात्र बनाएको छ भन्दा फरक नपर्ला रु तीन बर्षभित्र आत्मनिर्भर बन्नका लागि कुन कुन जिल्लाबाट कस्ता कृषि उपज कति मात्रामा उत्पादन हुन सक्छ । ती कृषि उपज उत्पादन गर्नका लागि कति जनशक्ति आवश्यक पर्दछ वा खेती योग्य भूमि सो मात्रामा उपलब्ध छ कि छैन भन्ने कुरा उल्लेख हुन नसक्नु वा नदेखाउनु भने दुर्भाग्य नै हो कृषि प्रधान मुलुकका लागि । तसर्थ नया“ मन्त्री आउ“दैमा बनेका नया“ योजनाले मात्र कृषिको विकास हुंदैन कृषिको विकास गर्नका लागि खेतमा गएर श्रम गर्नु जरुरी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०७२