शुक्रबार, बैशाख १४, २०८१

रुपन्देहीबाट ४५ लाख बढीको माछा बिक्री

लुम्बिनी ४ मङ्सिर । पछिल्लो समयमा कृषि विकास मन्त्रालयले मत्स्य उत्पादनमा जोड दिएका कारण तराईका जिल्लाहरुमा मत्स्य उत्त्पादन बृद्धि हुन थालेको छ । मत्स्य उत्पादन बृद्धि हुँदा विगतको तुलनामा यसको विक्री समेत बढेको देखिन्छ । मत्स्य विकास निर्देशनालय मातहतमा रहेको मत्स्य विकास केन्द्र ठुटिपिपल भैरहवाले चालु आर्थिक बर्षको प्रथम चार महिनामा ४५ लाख बराबरको माछा बिक्री गरेको जनाएको छ ।
केन्द्रले सार्वजनिक सुनुवाइ गर्दै अघिल्लो वर्षको तुलनामा यस वर्ष डेढ गुणाले भूरा उत्पादनमा वृद्धि भएको तथा ४५ लाख बराबरको माछा बिक्री भएको जनाएको छ ।
केन्द्रले सोचे अनुरूपमा भूरा र माछा उत्पादनका लागि पानीहाँस, पानी सर्प र जङ्गली तथा मांसाहारी जातको माछाको प्रकोप समस्याका रूपमा रहेको समेत जनाएका छ । उन्नत जातका मत्स्य बिज उत्पादन, बिक्री वितरण मुख्य उद्देश्य रहेको यस ठुटिपिपल केन्द्रले रुपन्देही, कपिलवस्तु, नवलपरासी कार्यक्षेत्र रहे पनि पछिल्लो समयमा पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा पनि कार्यक्षेत्र बनाएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०७२