शनिबार, बैशाख १५, २०८१

सरकार, निजी क्षेत्र र सहकारीसँगै हिड्नु पर्दछ

 haribol gajurel

कृषि मन्त्री – हरिबोल गजुरेल 

० नेपालको कृषि क्षेत्रको विकासका भूमिको अवस्था के छ ?
कृषिको विकास हुनका लागि पूजिवादले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हो तर सामन्तबादका कारण गुणात्मक भूमिका खेल्न सकेन । यसका लागि भूमिसुधारको कुरा हो त्यो लामो समयदेखि नै अल्झेर बस्यो । २००७ सालदेखि नै भूमिसुधारको कुरा उठेपनि समस्या निराकरण हुन सकेन । जुन अहिलेसम्म कायम नै छ । विभिन्न सयममा प्रतिवदेनहरु पेश गरिए तर त्यो सरकारले लागू गर्न सकेन । सामन्ती उत्पादनको अन्त्य गरेर पूजिंवादी उत्पादनको गर्नु पर्ने हो त्यसको आधार नै हामीले खडा गर्न सकेनौं । यद्यपी महेन्द्रले २०२१ सालमा भूमिसुधार ल्याए तर त्यो पनि राजनीतिक दल प्रति जनताको आकर्षण कम गराउने उदेश्य थियो । त्यसबेला कांग्रेस र कम्युनिष्टहरु तर्फ जनता आकर्षण नहुन् भन्ने अभिप्रायले आएको थियो । तर त्यसले केही गरेन भन्ने कुरा होइन त्यसले पनि कृषि क्षेत्रमा केही परिवर्तन ल्यायो । मोहीहरुले भूमिको हक त पाए । त्यो राम्रो कुरा हो । जमीनको हदवन्दी तोकियो तराईमा २५ विधा र पहाडमा १० रोपनी तोकियो तर बागबानीका रुपमा, कम्पनीका रुपमा धेरै राख्ने व्यवस्था गर्दियो हदवन्दी खासै समानुपातिक रुपले वितरण हुन सकने ।
० पछिल्लो समयमा कृषि उत्पादन बृद्धि गर्ने तर्फ आकर्षण बढेको जस्तो देखिन्छ त्यो सत्य हो ?
औद्योगिकरण भनेको कृषिबाट मात्र सम्भव छ । र पूंजिको विकास पनि कृषिबाटै सम्भव छ । अहिले हामीसँग भएको प“ूजि भनेको जमीन र उत्पादन शक्ति भनेको किसान नै हो । कृषिमा दुई तिहाई जनसंख्या भन्ने गरिन्छ तर आधा भन्दा बढी जनसंख्या कृषिमा शक्तिका रुपमा हामीसँग छ । त्यसकारण यी दुई चीजनलाई हामीले जोड्न सक्यौं भने हाम्रो राष्ट्रिय पू“जि बृद्धि गर्न सक्छौं ।
० यति हु“दा हु“दै पनि किन हामी परनिर्भर छौं त ?
यो सही कुरा हो । यही परनिर्भरता कै कारण हामीले हाम्रो बजेट बराबरको बस्तुहरु आयात गर्नु परेको छ । यो किन भने हामीले कृषि क्षेत्रमा भूमि सुधार लागू गर्न सकेनौं । कृषिमा व्यवसायिकरण, आधुनिकीकरण र औद्योगिकरण गर्न सकेनौं । तर अहिले दशबर्षे जनयुद्ध होस् वा दोस्रो जनआन्दोलन पश्चात गाउ“ गाउ“मा किसानहरुमा एउटा जागरण भने पैदा भएको छ । जसले कृषि उत्पादनमा परिवर्तन र आकर्षण देखिएको छ तर त्यो ढा“चा अनुसार कार्य भएको देखिंदैन । त्यो भन्दा अलग रहेर भूमि सुधारभन्दा फरक ढंगले कृषि उत्पादन गर्न खोजिएको छ । त्यसले गर्दा कृषिमा समस्या आईरहेको छ ।
० कृषि उत्पादनमा महत्व पाटो भूमि तर त्यसको विकास किन भएन त ?
कृषि विकासको मूल आधार भनेकै भूमि हो । भूमिमा भएको सामन्त सम्वन्ध अन्त्य गर्नु प¥यो । जस्तो एउटास“ग प्रशस्त जमिन छ तर काम नै नगरी त्यसको फाइदा खाईरहेको छ । एउटा पूजिंपतिले कृषि उत्पादन बृद्धि गर्नका लागि लगानी गर्दछ । जोखिम मोल्दछ तर एउटा जमिन्दार विना जोखिम फाइदा मात्र खाईरहेको छ त्यसरी कृषिको विकास त हु“दैन । अहिले भूमि सुधारको चर्चा नै कम हुन्छ । त्यसकारण भूमि सुधारको कुरा नगरी कृषि उत्पादन बृद्धि हु“दैन । अहिले नया“ संविधानमा नै बैज्ञानिक भूमिसुधारको प्रावधान राखिएको छ । भूमि सुधारलाई लागू गरेर कृषि विकास गर्न सकिए धेरै तीव्र गतिमा नै विकास गर्न सकिन्छ त्यो नहुंदा लङ्गडो जस्तो हुन्छ । त्यसकारण अहिले कृषिको विकास लङ्गडो मान्छेका हिडाई जस्तो भएको छ । कृषिको विकासको दुईवटा खुट्टा मध्येको एउटा खुट्टा भूमि सुधार नै छैन ।
० कृषि क्षेत्रको विकासका लागि भूमि र सिंचाई सवैभन्दा महत्वपूर्ण पाटो तर त्यसकै अभाव खट्किएको छ होइन ?
कृषि विकासका लागि भूमि, सिंचाई ,बन र सहकारी अन्तर सम्वन्ध राख्दछन् । अहिले हेर्ने हो भने मुलुकभर धेरै कृषि सहकारीहरु स्थापित भईसकेका छन् । तर यी महत्वपूर्ण सम्वन्ध राख्ने सिंचाई, सहकारी र भूमि फरक फरक ठाउँमा राखिदिएको छ । ठूला ठूला जलाशयबाट सिंचाईको सुविधा पु¥याउन सकिन्छ त्यसलाई पनि उर्जा मन्त्रालयमा राखिदिएको छ । अहिलेसम्म अन्तरक सम्वन्ध राख्ने यी मन्त्रालयस“ग समन्वय गर्ने संस्था पनि हामीस“ग छैन । कम्तिमा कृषि, सिंचाई र सहकारी एकै ठाउ“मा हुनु पर्ने हो त्यो हुन सकेको छैन ।
० अन्तर सम्वन्धको अभाव हु“दा हु“दै पनि कृषि उत्पादनका नाममा गरिएका खर्च कागजमा मात्र सिमित भए भन्ने आरोप छ स्वीकार गर्नु गर्नु हुन्छ ?
कृषि विकास मन्त्रालय मार्फत धेरै कुराहरु गर्न प्रयत्न गरिएको छ । संरचनाहरु पनि धेरै छन् । तर नेपाली विशेषतामा भईरहेका छैनन् । हामी विदेश जान्छौ त्यहा“ देखेका कुरा यहा लागू गर्न खोज्दछौं । विदेशमा भएका संरचना भन्दा कम कृषि विकास मन्त्रालयका संरचना छैन । तर ती संरचनाहरु प्रभावकारी छैनन् । हाम्रो प्राथमिकता के हो त्यस अनुरुप हुनु पर्दथ्यो त्यसो हुन नसकेका कारण त्यस्तो देखिएको हो ।
० त्यसो भए संरचना धेरै भए बजेट कनिका जस्तै छरियो त्यसकारण उत्पादन बृद्धि हुन सकेन ?
हामी हाम्रो प्राथमिकताका आधारमा कृषिमा बजेट भएन कि भन्ने हो । अहिलेको पहिलो आवश्यकता भनेको मल, किटनाशक औषधीहरु जुन नेपालमै जैविक एवं प्राकृतिक रुपमा उत्पादन गर्न सक्छौं । त्यस तर्फ हामी जान सकेका छैनौ । मल हामीस“ग छैन । कम्पोष्ट मलकै प्रशस्त आधार हु“दा हु“दै पनि हामी गर्न सकेका छैनौं । कुन बस्तु र बाली हाम्रो प्राथमिकता हो भन्ने खुल्न प¥यो । हामीले धेरै बस्तु र बाली उत्पादन गर्दछौं ती मध्ये कुन पहिलो प्राथमिकता हो कुनमा हामी आत्मनिर्भर बन्न सक्छौं भन्ने कुरामा केन्द्रित भएर लाग्नु पर्दछ । जुम्ला, मुस्ताङ्गका लागि स्याउ, सिन्धुलीमा जुनार तराईमा माछा होला, धान, गहु“, कोदो, फापर धेरै बाली छन् । तर केलाई प्राथमिकता दिएर अगाडि बढ्ने भन्ने हिसावले हिड्नु पर्दछ । हामीस“ग स्रोत र साधन कम भएपछि केन्द्रिकृत हुनु पर्नेमा हामी विकेन्दिकृत बनेका छौं । जस्तो एउटा कुलाको पानी एउटै ठाउमा लगाउ“दा कति छिटो सिंचाई हुन्छ र त्यसैलाई दशवटा गरामा लगाउने हो भने कति समय ढिलो हुन्छ त्यही हो । कृषि विकास त अलि अलि भएको छ तर ठ्याक्क देखिने गरी भएको छैन । विकसित देशहरुमा कृषि उत्पादन देखिन्छ । किन भने एउटै बस्तु वा बालीमा प्राथमिकता दिएको हुन्छ । जुन बाली वा बस्तु एकैठाउँमा धेरै उत्पादन भएको देखिन्छ ।
० त्यसका लागि त उत्पादन लागत बढी भएकाले हो भन्छन् नि त?
कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रिकरण नगरेपछि उत्पादन लागत त बढ्ने भईगो नि । १० हल गोरुले लगाउ“दा दिनभर लाग्ने ठाउ“मा एउटा ट्रयाक्टरले जोत्ने हो भने २ घण्टामा सकिन्छ त्यसको लागत मूल्य पनि अत्यन्तै कमी हुन्छ । त्यसतर्फ हामीले ध्यान दिन सकेका छैनौं । अहिले कृषि उत्पादनमा लागत मूल्य यति धेरै छ कि किसान उत्पादन नै गर्न चाह“दैन । लागत मूल्य नै आउ“दैन त्यसकारण पनि लागत मूल्य घटाउनका लागि यान्त्रिकरणमा जोड दिनु पर्दछ ।
० अव मन्त्री बनेर आईसक्नु भो पहिलो प्राथकिता केलाई दिनु हुन्छ त ?
अहिले हामीले गरिरहेको मोडल परिवर्तन गर्नु पर्दछ भन्ने सोचमा छु । २० बर्षे कृषि रणनीति पनि आईसकेको छ । त्यसले पनि कृषि क्षेत्रको विकासका लागि ठूलो भूमिका खेल्दछ । सरकार, निजी क्षेत्र र सहकारी तीन क्षेत्रलाई सँगै राखेर ठूलो लगानी गर्न लगाउनु पर्दछ । साथै छरिएर रहेका कृषि सहकारीलाई एकै ठाउ“मा राखेर ठूलो क्षेत्रफलमा कृषि उत्पादन गर्न लगाउन सक्यो भने नेपालको कृषि क्षेत्रले धेरै नै परिवर्तन गर्दछ भन्ने अभियान मेरो हुने छ ।  – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: शनिबार, कार्तिक १४, २०७२