बिहिबार, बैशाख १३, २०८१

विषादी दुरुपयोगमा एग्रोभेटको हात रहेको छ

Dillirama sarma

डा. डिल्लीराम शर्मा
कार्यक्रम निर्देशक
बाली संरक्षण निर्देशनालय

० विषादीको विषयमा सोधकार्य (विद्यावारिधि) सम्पन्न गर्नु भयो, के पाउनु भो अवस्था ?
नेपालमा विषादीको समस्या अत्यन्तै धेरै नै छ । अहिले हेर्ने यो भने विषादीका कारण अवस्था नाजुक देखिन्छ । कृषक दाजुभाई तथा दिदीबहिनी, एग्रोभेट सञ्चालकहरुलाई विषादीको पूर्ण रुपमा जानकारी नभएका कारणले पनि विषादीलाई व्यवस्थित गर्न सकिएको अवस्था छैन । त्यसलाई व्यवस्थित गर्न हामी लागि परिरहेका पनि छौं । विषादीकै कारण धेरैको ज्यान गईसेको छ भने ।हाम्रो पर्यावरण विग्रियो, जनस्वास्थ्य, पशुबस्तुहरुमा यसले धेरै नै हानी पु¥याएका कारणले यसलाई न्यूनिकरण गर्न सकिन्छ कि वा व्यवस्थित गर्न सकिन्छ कि भन्ने कारणले यो विषयमा सोधकार्य गरेको थिए । त्यो पूरा पनि गरे विषादीको विकराल रुपमा भएको मैले यो ६ बर्षको अवधिमा पाएँ ।
० नेपालमा विषादीको प्रयोग न्यूनिकरण होला जस्तो लाग्छ ?
सवैभन्दा पहिले विषादीको गलत प्रयोगको जरो पत्ता लगाउनु पर्दछ । विषादीको समस्या कहां छ । के कारणले गर्दा यहाँका किसान उपभोक्ताहरुलाई मार पारेको छ भन्ने कुरा मैले मुख्य केन्द्रविन्दु बनाएर हिंडेको छु । यसबाट के जानकारी भयो भने विषादीको गलत प्रयोग कहां भयो र यसलाई न्यूनिकरण गर्नको लागि के गर्नु पर्दछ । कस्तो नीति सरकारले ल्याउनु पर्दछ भन्ने कुरा प्रष्ट भैसकेको छ । म पनि बाली संरक्षण निर्देशनालयको निर्देशकको हैसियतले विषादीलाई कस्तो कार्यक्रमबाट न्यूनिकरण गर्न सकिन्छ भनेर अगाडि बढ्न थालिसकेको छु । विगतमा पनि श्रोत कार्य गर्दा गर्दै मैले धेरै कुराहरु अगाडि बढाईसकेको पनि छु । जस्तै कालिमाटी तरकारी तथा फलफूल बजारमा विाषादी चेकजांच गर्ने मेसिन राखिएको छ । प्रयोगशाला स्थापना पनि सोध कार्यको एउटा प्रतिफल हो ।
० ६ बर्ष लगाएर सोधकार्य सम्पन्न गर्दा विषादी प्रयोगको मुख्य कारण के पत्ता लगाउनु भयो त ?
हाम्रो देशमा विषादी प्रयोगको मुख्य समस्या वा कारण भनेको नै अशिक्षा हो । विषादी सम्वन्धि जनचेतना अभिबृद्धि तल्लो तहका किसानहरुसम्म भएको देखिदैन । अर्कोकुरा जसले विषादीको कारोबार गरिरहेका एग्रोभेटहरु छन् उनीहरुलाई पनि नेपाल सरकारले उचित ज्ञान दिन सकेको छैन । । जसका कारण उनीहरुले किसानहरुलाई सहि सल्लाह र सुझाव दिन सकेका छैनन् । जवसम्म एग्रोभेटहरुलाई विषादीको विषयमा ज्ञान दिन सकिंदैन तवसम्म यतै हुन्छ विषादी दुरुपयोग हुनुमा एग्रोभेटको पनि हात रहेको छ ।
० कालीमाटीमा स्थापना भएको विषादी प्रयोगशालाले पनि किसानहरुमा चेतना जागृत त भएको छ नि, त्यही प्रयोगशाला स्थापना पछि किसानहरुले तरकारीजन्य बस्तुमा विषादी कम गर्नै थालेको छन् रे त ?
वास्तवमा विषादीको प्रयोगशाला खोल्ने बेलामा यति धेरै सोचिएको थिएन । किसानहरु सवै जना आफै यसरी जागरुक भएर आउलान् भन्ने पनि लागेको थिएन । तर किसान दाजुभाई तथा दिदीवहिनीहरु सवैले एकदमै छोटो समयमा यो विषादीलाई कसरी प्रयोग गर्ने, विषादी प्रयोग गरेपछि कुर्नु पर्ने समय कति हो । कस्ता कस्ता विषादीहरु हामीले प्रयोग गर्नु पर्दछ वा विषादी नै प्रयोग नगर्ने पो हो कि भन्ने कुराहरु, यसको विकल्प के हुन सक्छ भन्ने कुरा तर्फ लागेको पाइयो । त्यो अवस्थामा सञ्चार माध्यमहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण किसानहरुमा विषादीको व्यवस्थित प्रयोग गर्ने कुरामा सुधार भएको मैले अनुभव गरेको छु ।
० वास्तवमा भन्ने हो भने विषादी सम्वन्धि नीति कार्यान्वयन हुन नसकेका कारण यो अवस्था आएको भन्ने पनि छन् नि ?
भएको नीतिलाई कार्यान्वयन गर्नका लागि अप्ठेरो भएको वा पूर्ण रुपमा नीति लागू गर्न नसकिएको मात्र हो । अहिले भर्खरै मात्र पनि नयां विषादी ऐनलाई पनि संसदमा पठाउने तयारी भईरहेको छ । त्यसले पनि विषादी न्यूनिकरण गर्नका लागि धेरै नै मद्दत पु¥याउंछ भन्नेमा मैले आशा लिएको छु । त्यो पनि सोध कार्यले देखाएको बाटो हो । विषादी न्यूनिकरण गर्न सरकार जहिले पनि अगाडि बढेको छ ।
० त्यसो भए किन ऐन तथा नीति कार्यान्वयन हुन सकेन त ?
यसलाई कार्यान्वयन हुन नसकेको हो भनेर भन्न मिल्दैन । तर हाम्रो पहु“च सवै किसानसम्म नभएर हो । हाम्रो कृषि प्रसार जुन किसिमको छ । त्यसले पनि असर तुल्याएको छ । जिल्लामा रहेका कृषि कार्यालयहरुले गर्नु पर्ने हो तर सवै किसानसम्म पुग्न सकिएन, हामीसँग  त्यही अनुपातमा जनशक्ति पनि छैन । तर अहिले एक बर्ष जति भयो विभिन्न सञ्चारका माध्यमलाई प्रयोग गरेर विषादीको विषयमा धेरै नै जनचेतना अभिबृद्धि गर्नकाम भईरहेको छ । किसानहरु विस्तारै विस्तारै विषादी प्रयोग न्यूनिकरण गर्न तर्फ सजग बन्नु भएको मैले पाएको छु ।
० तल्लो तहसम्मका किसानहरुलाई त यसको पहुंच नपुग्ला नि ?
वास्तवमा भन्ने हो भने हामीले तल्लो स्तरसम्म पुगेर काम गर्ने अभियानमा नै लागेका छौं । ग्रामिण भेगमा सडक नाटक प्रर्दशन गर्ने र विषादीको विषयमा जानकारी गराउने, किसानहरुको भेला गरेर, तालिमहरु प्रदान गरेर पनि किसानहरुको पहुँचमा पु¥याउनका लागि हामीले काम गरिरहेका छौं । अव केही समय भित्रै हामीले ४ वटा जिल्लामा विषादी प्रयोग न्यूनिकरण गर्नका लागि, विषादी व्यवस्थापन गर्नका लागि एउटा आयोजना नै सञ्चालन गर्दै छौ जसले गर्दा किसानहरुलाई जागरुक बनाउन सक्छ ।
० त्यसो त प्रांगारिक विषादी प्रयोगका लागि पनि त काम गर्नु भएको थियो नि यहांहरुले ?
हो हामीले यो विषमा पनि काम गरिरहेका छौं । हामीले त्यसलाई बायो प्रेस्टिसाइज भनिरहेका छौं । यसका लागि हामीले आईपिएम सामुदायिक अनुसन्धान केन्द्र पा“चवटा जिल्लामा स्थापना गरिसकेका छौं । किसानहरुले पनि आआफ्नो थलोमा स्थानीय रुपमा नै यो प्रांगारिक विषादी उत्पादन गर्ने काम गरिरहनु भएको छ । किसानहरुलाई हामीले यस्ता बानस्पतिक विषादी कसरी उत्पादन गर्ने, त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा पनि सिकाईरहेका छौं । किसानहरु पनि यस्ता बानस्पतिक विषादी प्रगोग गर्न थाल्नु भएको छ ।
० त्यसो भए अव नेपालमा रासायनिक विषादी प्रयोग न्यूनिकरण हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
हो म ढुक्क छु । किनकी किसानहरुलाई पहिले धेरै कुरा जानकारी थिएन अहिले पूर्ण रुपमा जानकारी भईसकेको छ । हामी यसमा लगातार लागिरहेका छौं । अवको केही बर्षमा यहांका किसानहरु व्यवस्थिम रुपमा षिादीको प्रयोग गर्नु हुन्छ । विषादीको दुरुपयोग हुंदैन । र धेरै किसानहरुले बानस्पतिक विषादीको प्रयोग गर्नु हुन्छ भन्नेका म ढुक्क छु ।
० अन्त्यमा के भन्नु हुन्छ आम किसानहरुलाई ?
म आम नेपाली किसान दाजुभाई तथा दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने विषादी भनेको औषधी होइन विष हो । यसलाई जथाभावी प्रयोग नगरौं । यसलाई प्रयोग गनेै तरीकाहरु छन् । कस्ता विषादी कुन बालीमा प्रयोग गर्नु पर्दछ कति मात्रामा प्रयोग गर्नुपर्दछ । कहिले प्रयोग गर्नुपर्दछ र प्रयोग पश्चात कहिले यसलाई खानका कृषि उपज टिप्नु पर्दछ भनने कुरामा ध्यान दिनु होला । यदि त्यस्तो कुनै समस्या आयो वा कुनै जानकारी चाहिएका नजिकैको जिल्ला कृषि विका कार्यालय वा कृषि सेवा केन्दबाट जानकारी लिन पनि आग्रह गर्दछु ।  – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: सोमवार, अशोज २५, २०७२