मङ्लबार, बैशाख २५, २०८१

गम्बरो रोगले कुखुरा व्यवसायी चिन्तामा

पाल्पा, ४ कात्तिक । पाल्पा जिल्लाको रामपुरपाललिका क्षेत्रमा कुखुरामा देखिएको गम्बरो नामक रोगका कारण कुखुरा मर्न थालेपछि व्यवसायी चिन्तित भएका छन् ।
रामपुर नगरपालिका–१० मा सञ्चालित बिबिसा पोल्ट्रीफर्ममा पालिएका ६०० कुखुरा गम्बरो रोगका कारण मरेको सञ्चालक विवेक पोखरेलले बताएका छन् । उनका अनुसार दसँैमा आम्दानी लिने उद्देश्यले एक हजार कुखुरा पालेकोमध्ये ६०० मरेपछि करिब रु चार लाख बराबरको नोक्सान भएको छ ।
त्यसैगरी आकाश पोल्ट्रीफर्ममा पालिएको ५०० कुखुरामध्ये सोही रोगका कारण ३०० कुखुरा मरेपछि करिब दुई लाख बराबरको क्षति भएको सञ्चालक अर्का सञ्चालक महेश ढकालले बताए ।
पोल्ट्रीफर्म सञ्चालकले जिल्ला पशुसेवा कार्यालय वा सेवा केन्द्रमा रोगको समस्या नबताउँदा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको पशु सेवा केन्द्र रामपुरका प्रमुख पशु चिकित्सक रामजीप्रसाद अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक ४, २०७२