शुक्रबार, बैशाख १४, २०८१

श्रीराम सुगर मिलले पैसा दिएन

काठमाडौं, १ कार्तिक । उखु किसानहरुले सुगर मिलबाट पाउनु पर्ने अघिल्लो आर्थिक बर्षको रकम अहिलेसम्म नपाउ“दा पनि किसानका नाममा खुलेका संघसंस्थाहरुले अहिलेसम्म एकशब्द पनि बोल्न सकेका छैनन् । किसानहरुबाट उखु लिएर गएको श्रीराम सुगर मिलले महिनो वितिसक्दा पनि उखुको रकम नदिएपछि किसानहरु चिन्तामा पर्न थालेका छन् ।
श्रीराम सुगर मिलले किसानहरुलाई उखु खरिद गरे वापतको रकम नदिएपछि रौतहटका किसानहरु दशैं, तिहार तथा छठ कसरी मनाउने भन्ने चिन्तामा रुमल्लिएका छन् । रौतहट जिल्लाका किसानहरुले गरुडा स्थित श्रीराम सुगर मिलस“ग आफूहरुले पाउनु पर्ने भुक्तानी रकम माग्दा मिलले भुक्तानी दिन आनाकानी गरिरहेको छ ।
उधारोमा उखु खरिद गर्ने गरेको श्रीराम सुगर मिलले जिल्लाभरिका किसानहरुलाई करीव ६० करोड बराबरको भुक्तानी दिन बा“की रहेको किसानहरुले दावी गरेका छन् । उखु किसानहरु र मिल मालिकहरु वीच हरेक पटक उखुको मूल्य र भुक्तानीका विषयमा विवाद पर्दै आएपछि गतबर्ष सरकारले प्रति क्विन्टल ३ सय ५० रुपैया“ दिने सहमति भएपनि अझै रकम नदिएकाले आफ्नो रकम उपलब्ध गराईदिन किसानहरुले हार गुहार गरिरहेका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक १, २०७२