आइतवार, फाल्गुन २०, २०८०

उच्चमूल्य कृषि बस्तुको सहयोगमा गाजर खेति फस्टाउँदै

जुम्ला, असोज । गत वर्ष कैलाश तरकारी तथा विउ उत्पादन समुले गाजरको विउ वेचेरै १ लाख ५० हजार रुपैयाँ कमायो । गाजरको विरुवा लगाए फेद सलादको रुपमा प्रयोग गर्दै आएको किसानलाई विउ उत्पादन भएर मनग्गे आम्दानी हुन्छ भन्ने विश्वास थिएन । पहिलो वर्षमै ३ क्वीन्टल विउ प्रति केजी ५ सय रुपैयाँमा विक्रि गरेर एक लाख ५० हजार रुपैया कमाएपछि त्यस तर्फ आकर्षित हुन थालेका छन । एक वर्ष अघि सामान्य परिक्षणका रुपमा छरिएको गाजरले तिन क्वीन्टल विउ दिए पछि यो वर्ष उत्पादन क्षेत्र विस्तार गरिएको छ । झण्डै २५ हजार वर्ग मिटरमा गाजर खेति गरिएको कैलाश तरकारी तथा विउ उत्पादन समुहकी अध्यक्ष हासु रावलले जनाईन । carrot-cake01
कृषि विकास मन्त्रालय मातहतमा रहेको उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगमा  अनमोल कम्पनी र सिएन्सी कम्पनीले विउ खरिद गरेरै काठमाण्डौ पु¥याउँछन । दुई वटै कम्पनीसंग २० क्वीन्टल  गाजरको विउ लिने दिने सम्झौता भईसकेको छ । तर मौसम अनुकुल नभएका कारण पन्ध्र क्वीन्टल भन्दा वढि विउ उत्पादन गर्न सकिने अवस्था नरहेको समुहकी अर्की सदस्य वाली कन्य रावतले वताईन । तिला नदिको छउमै गाजर खेति गरिएकोले सिचाईमा समस्य देखिएको छैन । तत्कालिन तलिउम २ श्रीढुस्का २७ घर परिवारले समुह वनाएर गाँजर खेति गरेका हुन ।
कृषि प्राविधिक लक्षीराम महतका अनुसार नेपालको उत्कृष्ठ गाजरको विउ उत्पादनको श्रोतको रुपमा जुम्लालाई लिईन्छ । अघिल्लो असार महिनामा गाँजर लगाएर साउन महिनामा फल भित्रयाईन्छ । गाँजर सलाद र तरकारीका रुपमा उपयोग हुदै आएको छ । गाजरले मानव स्वास्थ्यलाई समेत फाईदा पुरयाउने कृषि विज्ञ वताउछन । यो क्यारोटिनको मुख्य श्रोत हो कृषि प्रसार अधिकृत धन वहादुर कठायतले भने मानव स्वास्थ्यमा यो एक नभई नहुने तत्व हो । एउटा धान फल्ने खेतमा गाँजरको विउ उत्पादन गर्न सके ३० केजी विउ निकाल्न सकिने उनको अनुभव छ । प्रति केजी ५ सय रुपैयाँले हिसाव गर्दा पनि किसानलाई पन्ध्र हजार रुपैया आम्दान हुन्छ उनले थपे । तर धान लगाउदा मेहनत वढि हुन्छ उत्पादन एक दुई महिनालाई भ्याउदैन ।
गाँजर खेतिको लागि चिसो र सुख्खा हावापानी चाहिने भएकोले यहाका हावापानी गाजर मैत्री छ । गाजर वाट सोचे भन्दा वढि आम्दानी हुने देखेपछि अन्य किसान पछि गाजरको उत्पादनमा हौसिएका छन । सिचाई व्यवस्था पनि सहज र गाठेमल र जैविक मलको प्रयोगको विउ पनि निकै स्वस्थकर देखिएको छ । कम्पनीहरुले होलसेलमा प्रतिकेजी ५ सय रुपैयामा विउ खरिद गरेर एक हजार भन्दा वढिमा वेच्ने गरेको पाइएको छ ।यसअघि जिल्लाको पट्मारा, वड्की गाविसको ओदी क्षेत्रलाई गाजर उत्पादनको क्षेत्रका रुपमा चिनिन्थ्यो । पहिले सिमी, आलु र मकै उत्पादन गरिने खेतमा गाजरको व्यवसायीक खेति हुन थालेको हो । – डिवी वुढा

प्रकाशित मिति: शुक्रबार, अशोज २९, २०७२