शुक्रबार, बैशाख १४, २०८१

विभिन्न देशका धान बैज्ञानिक काठमाडौंमा

काठमाडौं, ३० । कूल ग्राहस्र्थ उत्पादनमा दुई तिहाई योगदान पु¥याएको नेपालको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउनु पर्ने भएकाले त्यस तर्फ लाग्न कृषि बैज्ञानिकहरुलाई कृषि सचिव उत्तम कुमार भट्टराईले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय धान अनुसन्धान इन्चिच्यूट्ले काठमाडौंमा आयोजना गरेको कार्यशाला गोष्ठिलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । irri
विश्वको उच्च स्थान जुम्लामा जस्तो ठाउँमा समेत धान उत्पादन हुने भएकाले नेपाल धान उत्पादनका लागि महत्वपूर्ण भएको बताउँदै सचिव भट्टराईले सुख्खा धान १, सुख्खा धान २, ३,४,५ ,६ , तरहरा धान, हर्दिनाथ जस्ता धानको वीउ उत्पादन गरी किसानसम्म पु¥याउन सफल भएको उल्लेख गरे ।
नेपाली कृषि क्षेत्रमा उत्पादन लागत बढेकाले त्यसलाई कम गर्न तर्फ कृषि मन्त्रालय लागेको उल्लेख गर्दै धानका फरक फरक जातहरु उन्मोचन गर्नका लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान इन्चिच्यूटले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा डा भवप्रसाद त्रिपाठीले किसानहरुको क्षमता अभिबृद्धि, किसानहरुलाई प्राविधिक ज्ञान उपलब्ध गराउनका लागि आफूहरुले काम गर्दै आईरहेको बताए । साथै मध्यपहाडी जिल्लाका उन्नन जातका धानका बीउ उत्पादनका लागि पनि सहयोग गरिरहेको बताए ।
कार्यक्रममा विभिन्न देशबाट आएका धान विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७२