शनिबार, बैशाख ८, २०८१

FAO चुक्यो : ६ जिल्लामा ३ करोड लगानी

काठमाडौं,२३ श्रावण । विनासकारी भूकम्प प्रभावित जिल्ला मध्येबाट ६ जिल्लाका किसानहरुलाई अनुदानमा बीउ वितरण गर्नका लागि कृषि विकास मन्त्रालयसँग सहकार्य गरी FAO ले बीउ वितरण गरेको थियो  । को आर्थिक सहयोगमा राष्ट्रिय बीउ विजन कम्पनी मार्फत वितरण गरिएको बीउ गुणस्तरहीन र उम्रिएका कारण विवाद समेत उत्पन्न भएको थियो ।fao गुणस्तरहिन बीउ वितरण गरेकोमा कृषि मन्त्रालयका सचिवले सो कार्यमा संलग्नलाई कार्वाहीको लागि सिफारिस समेत गरेका थिए तर सो विवाद राष्ट्रिय बीउ विजन कम्पनीका प्रवन्धक धर्मंराज अधिकारी र दातृ निकायका कर्मचारीको मिलेमतोमा साम्य पार्ने प्रयास गरियो । तर सो कुरा अझैसम्म पनि साम्य हुन सकेको छैन । बीउको गुणस्तरतामाथि प्रश्न उठिरहेका बेला पीडित किसानहरुसँग रहेको बीउ तथा कृषि उपज सुरक्षित राख्नका लागि ँब्इ ले क्गउभच न्चबष्ल व्याग भन्दै किसानहरुलाई एक्ष्ऋक् नामक ब्याग वितरण गरेको समाचार कृषिमा प्रकाशित भएपछि अत्तालिएका FAO कर्मचारी कृषि विकास मन्त्रालयमा हारगुहार गर्न पुगेका थिए ।
कृषिको निरन्तर निगरानीका कारण संयुक्त राष्ट्र संघको एउटा निकाय FAO अन्तत : चुकेको छ । उसले सुपर ग्राण्ड व्यागका नाममा PICS ब्याग नै किसानहरुलाई वितरण गरेको प्रमाण कृषि लाई उपलब्ध गराएको छ । सो संस्थाले छ जिल्लाका करीव ४० हजार भूकम्प पीडित किसानहरुलाई ३ करोड भन्दा बढीको सहयोग गरेको समेत जनाएको छ । किसानसँग प्रत्यक्ष सरोकार राख्ने कृषि विकास मन्त्रालयले दातृनिकायहरुलाई निगरानी गर्न नसक्दा भूकम्प पीडित किसानहरुले गुणस्तर युक्त बीउ तथा आवश्यक कृषि सामग्री पाउन सकेका छैनन् । कृषिका लागि काम नै नगर्ने संघसंस्थाहरुलाई पनि यतिखेर किसानका नाममा विदेशी डलरमा रमाउँदै कृषिमा काम गर्न थालेका देखिन्छन् । विशेष गरी भूकम्प पीडित किसानहरुका नाममा यतिखेर कमाउने धन्दा नै शुरु भएको देखिन्छ । विनासकारी भूकम्प आउनु अघिसम्म स्वास्थ्य क्षेत्रमा काम गरिरहेको फेज नेपाल नामक संस्था समेत यतिखेर कृषि विकास मन्त्रालयसँग समन्वय नै नगरी कृषिमा काम गरिरहेको छ । क्रिश्चियन संस्था कारितास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीका सो संस्थाले पनि सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लाका किसानहरुलाई गुणस्तरहीन बीउ तथा गुणस्तरहीन ब्याग समेत वितरण गरिरहेको बुझिएको छ । कृषि विकास मन्त्रालयले यसलाई तत्काल नरोके भविष्यमा निम्तन सक्ने असरहरुको जिम्मेवारी लिन तयार भएर बस्नु आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७२