बुधबार, बैशाख २६, २०८१

किसान रुद्राक्षखेतीतर्फ आकर्षित

ताप्लेजुङ, २५ साउन । धार्मिक एवम् आध्यात्मिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको माग बढ्दै गएपछि यसको खेतीतर्फ ताप्लेजुङका कृषक आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय धान, मकै उब्जाउ हँुदै आएको खेतबारी नै मासेर यहाँका किसानले रुद्राक्ष रोप्न थालेका छन् । सदरमुकाम फुङ्लिङस्थित विभिन्न जातका बोटबिरुवा खरिद बिक्री गर्दै आएको मुकुम्लुङ जडीबुटी सञ्जालबाट दैनिक सरदर एक सय बढी रुद्राक्षका बिरुवा किसानले लैजाने गरेका छन् ।

प्रकाशित मिति: सोमवार, साउन २५, २०७२