शनिबार, बैशाख १५, २०८१

नदीमा माछा मार्न निषेध

इनरुवा, २१ साउन । कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदी र सिमसार क्षेत्रमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ ।
वर्षाको समयमा माछाको प्रजनन हुने भएकाले असारदेखि भदौ महिना सम्मका लागि कोसी नदीमा र सिमसार क्षेत्रमा माछा मार्नका लागि निषेध गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले जानकारी दिएका छन् । नेपालको जलचर संरक्षण ऐन, २०१७ र त्यसको पहिलो संशोधन ऐनअनुसार सप्तकोसी नदीको केही भागमा माछा मार्न निषेध गरेको चौधरीले बताए ।

प्रकाशित मिति: बिहिबार, साउन २१, २०७२