शनिबार, बैशाख १५, २०८१

कृषि साप्ताहिक चौथो बर्षमा प्रवेश : क कसले के भने

काठमाडौं । हरेक आईतबार प्रकाशित हुँदै आईरहेको कृषि साप्ताहिकले तेस्रोबर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । तीन बर्ष अगाडि श्रावणको पहिलो आइतबारबाट प्रकाशन आरम्भ गरेको कृषि साप्ताहिकले तीन बर्षमा आफूलाई पृथक पत्रकारितामा ढाल्न सफल भएको छ । कृषि प्रधान देशका रुपमा परिचित नेपालमा कृषि पत्रकारिता क्षेत्रले जग नहालिरहेको अवस्थाका कृषि साप्ताहिकको प्रकाशनले कृषि क्षेत्रको सञ्चार अभ्यासका महत्वपूर्ण काम गरेको कृषि क्षेत्रमा जानकारहरु बताउँछन् । कृषि साप्ताहिकको चौथो बर्षको प्रवेशको अवसमार कृषि साप्ताहिकको विशेष प्रकाशकीय यहाँ प्रस्तुत गरिएको छ । Krishi Weekly Logo
काठमाडौं । २०६९ साल श्रावण ४ गते विधिवत् रुपमा दर्ता भएर नेपालको पहिलो कृषि साप्ताहिकका रुपमा पत्रिका प्रकाशन आरम्भ गरेको हिजो जस्तो लाग्दछ । हरेक आईतबार पाठक माझ कृषि क्षेत्रका खुराकलाई मात्र फस्कँने हाम्रो प्रतिवद्धताले तीन बर्ष पूरा गरी आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । मुलुकभरीबाट निस्कने हजारौ पत्रपत्रिकाको भीडमा कृषिलाई मात्र महत्व दिएर समाचारमूलक पत्रिकाका रुपमा प्रकाशन गर्नु अत्यन्तै चुनौति लिएर पत्रिका प्रकाशन शुरु गरियो । राजनीति नै सर्वेसर्वा ठानेर अखबार प्रकाशन गरिरहेका हामी र हाम्रो समूहलाई कृषि साप्ताहिकको पहिलो अंक प्रकाशन गर्नका लागि निकै नै हम्मे हम्मे प¥यो । अत्यन्तै कठिन मेहनतले कृषि साप्ताहिकको पहिलो अंक प्रकाशन भएपछि हामीलाई पत्रिका प्रकाशन गर्न सकिँदैन कि भन्ने भावना मनमा नपलाएको होइन । पत्रिकाका लागि आठ पेज भर्ने सामग्री जुटाउनका लागि हामी अन्यौलमा प¥यौं । किसानमय सामग्रीका लागि धेरै कृषि क्षेत्रका विज्ञहरुको दैलोमा पुग्यो । कृषि विकास मन्त्रालय दैनिक चाहा¥यौं । तर हामीले किसानका लागि दिने खुराव पाउन सक्दैनथ्यौं । बरु कृषि साप्ताहिकको पहिलो अंक हात वोकेर सरोकारवाला निकायसम्म पुग्दा अनि कृषिका समस्या, किसानका लागि हरेक महिना आवश्यक पर्ने प्रविधि लगायतका कुरा खोजी गर्दा पाउन मुश्किल मात्र होइन हाम्रो समूहालाई हतोत्साहका शब्दबाणहरु प्रशस्त पायौं ।
किसानका पक्षमा कलम चलाउने हाम्रो ध्येय हरेक हप्ता हतारोमा आईपुग्दथ्यो । हामी फेरि उही हतारोमा आईतबार पत्रिका प्रकाशन गरेर पुरानै बाटो दोहो¥याउने अभियानमा सक्रियता बढाउँथ्यो । पाँच जनाको हाम्रो जनशक्ति पाँचैतिर खुट्टा लम्क्याउँथ्यो तर प्रोत्साहन पाउन मुश्किल पर्दथ्यो । हामी कता कता हरेस पो खान थालेको जस्तो भान भईरहेको थियो । कृषिका लेख रचना माग्दा कृषि विज्ञ भनाउँदा केही व्यक्तिहरुले त हामीलाई कृषि पत्रिका के काम भन्न पनि पछि परेनन् । फरक क्षेत्रमा कलम चलाउने प्रयास गरेका हामीलाई त्यस्ता बचनले पक्कै पनि घोच्न त घोच्यो तर हामी पछाडि हटेनौं । कृषि साप्ताहिकलाई हामी उचाईमा नै पु¥याउने प्रण पनि ग¥यौं । त्यही प्रणसँग कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले हरेक हप्ता एक बर्षसम्म एउटा लेख निरन्तर दिने वचत दिएपछि हामी अझ हौसियौं ।
हामीलाई कृषिको लेख लेखेर दिन्छु भन्दा करौडौंको सहयोग गरेभन्दा पनि ठूलो सहयोग गरेको महशुश भयो । हामी हरेक हप्ता कृषिका गतिविधि, सफल किसानका कथा व्यथाहरु, किसानले भोग्नु परेका समस्याहरु, किसानका लागि आवश्यक जानकारीहरु समेत स्रोत सामग्री बटुल्दै अगाडि बढ्यौ । यस वीचमा हामीले कति पीडाका आरोह अवरोह पार गर्नु प¥यो त्यो शब्दमा बयान गर्न सकिने छैन । यद्यपी हामी हाम्रो अभियानबाट एक कदम पनि पछाडि हटेनौं बरु जिल्ला जिल्ला पुगेर किसानका खेतमा पुगेर हामीले गरेका कामका बारेमा प्रशंसा ग¥यौं । किसानले मल, बीउ, औषधी नपाएका पीडालाई सुन्यौं । त्यही कुरालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने काम ग¥यौं । त्यही खवरदारी गर्ने हाम्रो प्रयास निरन्तर जारी छ । कृषि विकास मन्त्रालय वा कृषि क्षेत्रमा भएका राम्रा हुन् वा नराम्रा कृषि क्षेत्रको विपक्षमा गरिएका काम कार्वाहीको विरोधकाका लागि किसानहरुको सञ्चार सम्वाहक बन्न सफल भएका छौं । प्रकाशनको विगत तीनबर्षमा हामीले जे ग¥यौं कृषि क्षेत्रको विकासका लागि नै गरेका छौं । कृषि प्रधान देशका रुपमा परिचित गराउने हाम्रा नीतिगत तहका बस्नेहरुलाई हामीले अबौंको खाद्यान्न आयात गर्नु परिरहेका कारण हामी कृषि प्रधान भन्दा कृषक प्रधानमात्र पो भयौं कि भन्ने खवरदारी पनि निरन्तर गरिरहेका छौं । कृषि क्षेत्रमा भएका भ्रष्टाचार, मनोमानी, किसानमारा कार्यलाई निरुत्साहित गर्नु हाम्रो कर्तव्य हो । त्यो कर्तव्यबाट हामी कहिल्यै पनि पछाडि हट्ने छैनौं । किसान र कृषि क्षेत्रको विकासका लागि पहरेदारका रुपमा आफूलाई उभ्याईरहन्छौं । यो हाम्रो साथमा साथ दिनु हुने ग्राहकबर्ग, विज्ञापनदाता, लेखक, स्तम्भकार सम्पूर्णको सहयोगले मात्र यो यात्रा अगाडि बढिरहेकाले भावी दिनमा पनि सहयोगको अपेक्षा गर्दै विशेष गरी यो सहयात्राका कठिन दिनहरुमा अत्यन्तै सहयोग पु¥याउनु हुने सहकर्मीहरु टंकबहादुर न्यौपाने, योगेन्द्रप्रताप शाही, शिव पाण्डे, विष्णुलाल श्रेष्ठ र जिल्लाबाट सहयोग गर्नु हुने सम्पूर्ण सहकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु ।

कृषि क्षेत्रको निगरानी यसले गर्ने छ : उत्तमकुमार भट्टराई  ः सचिव – कृषि विकास मन्त्रालय 

कृषि साप्ताहिक प्रकाशन भएदेखि नै मैले निरन्तर अध्ययन गरिरहेको छु । यसले कृषि क्षेत्रमा भएका विभिन्न गतिविधिहरुलाई जनमानसमा संप्रेषण गर्न सफल भएको छ । कहिले कांही हामी विचलित हुन लागेको बेलामा हामीलाई सचेत गराउने गरी समाचार संप्रेषण गरी गर्ने गरेकाले यो अझ सशक्त देखिएको छ । पछिल्लो समयमा कृषि क्षेत्रले जुन विकासको फड्को मार्न खोजिरहेको छ । त्यसलाई अंगिकृत गर्दै त्यस्ता कार्यलाई उत्साहित गर्ने गरी कृषि सहयागी सञ्चार माध्यमका रुपमा कृषि साप्ताहिकले आफूलाई उभ्याएको मैले महशुस गरेको छु । uttam-bhattaria
कृषि साप्ताहिकले तेस्रो बर्षसम्म जसरी दुृख सुखका साथ मेहनत र परिश्रम गरेर अगाडि बढेको छ । यो महत्वपूर्ण छ । कृषि साप्ताहिकलाई व्यवस्थित रुपमा अगाडि बढाउन कृषिसँग सरोकार राख्नेहरुको हातेमालो गर्नु आवश्यक छ । नेपालको कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास सम्भव नभएका कारण कृषि विकासका लागि कृषि साप्ताहिक एउट पहरेदारका रुपमा आफूलाई स्थापित गरेको मैले बुझेको छु । कृषि साप्ताहिकले प्रकाशन गरेका समाचारले कृषि क्षेत्रमा काम गर्नेहरुलाई बढि प्रोत्साहन गरिरहेको छ । अव त्यसलाई अझै प्राथमिकता दिएर प्रविधिका कुरा, उन्नत बीउ लगायतका कुरालाई किसानसम्म पु¥याउनु आवश्यक पनि छ ।
कृषि बीमाको विषयमा पनि कतिपय किसानहरु अझै अनभिज्ञ छन् । प्रचार प्रसारको कमी छ । कृषि साप्ताहिकले विगतमा यस्ता कुरालाई प्राथमिकता दिएको देखिन्छ पनि । नयाँ नयाँ कार्यक्रमहरु किसानका लागि आईरहेका छन् । अनुदानका कुरा, यान्त्रिकरण कुरा प्रविधि विस्तारका कुराहरु मन्त्रालयले गरेका नीतिगत कुराहरु पनि आम किसानसम्म पु¥याउने यसले महत्वपूर्ण भूमिका निर्वाह त गरेको छ । तथापी किसानका पक्षमा काम गर्दा गर्दै कहि कतै कमी कमजोरी भएका त्यसलाई निगरानी गर्ने काम पनि कृषि साप्ताहिकले गर्ने छ भन्ने विश्वास लिएको छु । तेस्रो बर्षसम्म अत्यन्तै मेहनतका साथ तटस्थ र स्वतन्त्र रुपमा प्रकाशित भएको कृषि साप्ताहिक चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

कृषिमा व्यवसायिकरण गर्न सिकाएको छ – योगेन्द्रकुमार कार्की  : सहसचिव – कृषि विकास मन्त्रालय 

नेपाल कृषि प्रधान मुलुक हो ग्रामिण अर्थतन्त्र कृषिमा आधातिर छ । ग्रामिण अर्थतन्त्रको सुधार नगरेसम्म नेपाल र नेपालीले देखेका सपना पूरा हुन सक्दैनन् । ग्रामिण अर्थतन्त्रको सुधारका लागि कृषि क्षेत्रको व्यवसायिकरण, कृषि क्षेत्रमा यान्त्रिकीकरण, कृषिमा आधुनिकीकरण नितान्त अपरिहार्य छ । जुन कार्य गर्नका लागि शुरुवातदेखि नै कृषि साप्ताहिक पत्रिकाले खेलेको महत्वपूर्ण भूमिकलाई हामीले विर्षन सक्दैनौ । yogendra-karki
यसले किसानहरुलाई खेतीपाती गर्न मात्र नभएर यसको व्यवसायीकरण गर्न र यसबाट बढी भन्दा बढी नाफा लिनको लाग विभिन्न प्रविधिको समेत सूचना जानकारी दिने गरेको छ । यसका लागि पत्रिकाले अविरल रुपमा विभिन्न कठिनाईको परिस्थितिमा पनि अडिग रहेर सक्रिय भूमिका निर्वाह गरेको छ । यसका लागि पनि सम्पूर्ण कृषि क्षेत्रको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु ।
पत्रिकाको शुरुवातीदेखि नै मेरा कृषिसम्वन्धित लेख रचना प्रकाशन गरिदिएको यहाँहरु प्रति आभार प्रकट पनि गर्न चाहन्छु । अन्य पत्रपत्रिका भन्दा पृथक रुपमा आफ्नो उपस्थिति जनाईरहेको छ । यो नेपालको पहिलो कृषि साप्ताहिकका रुपमा आएको छ । यसले कृषि क्षेत्रको विकास, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र गरिरहेको पनि छ । अन्य पत्रिकाहरुको तुलनामा कृषि साप्ताहिकले आफ्नो बेग्लै अस्तित्व बनाउन पनि सफल भएको छ ।
कृषि विकास मन्त्रालय वा कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि कृषि साप्ताहिकबाट धेरै नै पाठ सिक्ने अवसर पनि पाएका छन् । कतिपय कुराहरु कृषि साप्ताहिकले प्रकाशन गरेपछि मात्र थाहा पाउने अवसर प्रदान भएको छ । कृषिका क्षेत्रमा भए गरेका सकारात्मक वा नकारात्मक कुनै पनि विषयबस्तुलाई सहज र सरल किसिमले प्रस्तुत गर्ने भएकाले पनि हरेक आईतबार कृषिमा सरोकार राख्नेहरुले अन्य पत्रपत्रिका भन्दा कृषि साप्ताहिकमा चासो दिएको मैले अनुभव पाएको छ । कृषि साप्ताहिकले साप्ताहिक समाचारलाई अझ प्रभावकारी बनाउका लागि दैनिक अनलाईनका माध्यमबाट सुसूचित गराउने काम समेत गरेको छ । तसर्थ कृषि साप्ताहिकको प्रगति र सफलताको कामना गर्दछु ।

कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको छ डा.केशवप्रसाद प्रेमी ः महानिर्देशक– पशु सेवा विभाग
वास्तवमै कृषि साप्ताहिकले विगतका तीनबर्षदेखि कृषि तथा पशु सेवा तर्फ उल्लेखनीय योगदान गरेको पाएको छु । यसले समग्र रुपमा किसानहरुसँग सम्वन्धित विभिन्न विषयहरुलाई समेटेको छ । आउने दिनहरुमा पनि यसले अझै कृषिमा विषेश गरी पशुपालन क्षेत्रमा भएका समस्याहरु र किसानहरुले भोगेका समस्याहरु समाधान गर्ने विषयमा प्रभाकारी ढंगले आफूलाई उभ्याउने कुरामा म विश्वस्त छु । पशुपालनतर्फ आम युवापुस्ता आकर्षित बनिरहेका बेला कृषि साप्ताहिकले पशुपालनतर्फ किसानहरुको बढ्दो आकर्षणलाई विगतमा पनि समेट्दै आईरहेको थियो ।Dr-Premi भने भावी दिनमा पक्कै आफूलाई त्यही किसिमले उपस्थित गराउने छ । महाविनासकारी भूकम्पका कारण हजारौ पशुहरुको मृत्यु भएको छ लाखौंको संख्यामा पशु तथा पंक्षीहरु हताहत भएका छन् । कसैको आँखामा ती विषयबस्तु नपरिरहेका बेला कृषि साप्ताहिकले विपद्मा पनि आफूलाई संयमित बनाई त्यस्ता विषयहरु उठान गरी आम नागरिकहरुसमक्ष पु¥याउन जुन भूमिका खेल्यो त्यो अविष्मरणीय नै छ ।
कृषि क्षेत्र भन्नासाथ बाली नाली मात्र बुझ्ने कुरालाई पशुपनि कृषि नै हो भन्ने कुराको अनुभूति गराउने काममा यस पत्रिकाले आफूलाई उभ्याएको छ । पशुपालनका क्षेत्रमा अचानक आउन सक्ने समस्या र त्यसका कारण परेका प्रभावका बारेमा पनि आफूलाई शसक्त रुपमा उभ्याउन सफल भएको कृषि साप्ताहिकले व्यवसायिकरणका मुद्दा,त्यसका चुनौती एवं अवसरहरुलाई समेतलाई प्रकाशनलाई समेट्न सक्यो भने बेश हुन्छ  । हुन त बर्डफ्लुको समस्या पर्दा होस् वा पशु सेवाका विभिन्न समस्या पर्दा पनि कृषि साप्ताहिकले निर्भिकताका साथ समाचार संप्रेषण गरी आम किसानहरुमा जुन चेतना अभिबृभि गरेको थियो त्यसले पनि कृषि साप्ताहिकको महत्व र गरिमालाई अझ प्रगाढ बनाएको छ ।

वाचडगका रुपमा स्थापित हुनुपर्दछ , मा.डा भारतेन्द्र मिश्र ः सदस्य – राष्ट्रिय योजना आयोग
नेपाली सञ्चार माध्यमहरुमा कृषिको विषयमा खासै चासो व्यक्त नगरिरहेका बेला कृषि साप्ताहिक प्रकाशन हुँदा पक्कै पनि कृषि क्षेत्रमा काम गर्नेहरुका लागि त अत्यन्तै महत्वपूर्ण भएको देखिन्छ । जति नै कार्यक्रम वा प्रगतिका कामहरु गरेपनि खासै त्यसको मूल्यांकन वा प्रचार प्रसारको अभावका कारण केही नै नगरेको हो कि भन्ने देखिन्थो । कम्तिमा अहिले कृषि साप्ताहिकले हरेक हप्ता कृषि क्षेत्रमाdr भएका गतिविधि, किसानहरुले गरेको कृषिका कार्यक्रमहरु, कृषि उपजहरुको उत्पादन र त्यसबाट भएका उपलब्धिहरु प्रकाशन गरिदिनाले धेरैलाई कृषिका जानकारी हुन थालेको छ । यसले के देखाउँ छ भने भविष्यमा कृषि क्षेत्रमा कुनै नकारात्मक काम भयो भने पनि सर्तक गराउने काम पनि यसले गर्दछ । चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रलाई हामीले वाचडगका रुपमा स्थापित गर्न सक्यौं भने त्यसको महत्व अझै बढ्दो हुन्छ । कृषि साप्ताहिकले कृषि विकास मन्त्रालय र मातहतका निकायले गरेका कार्यक्रम, अनुदान एवं प्रशासनिक कार्यहरुमा पनि निकै चासो लिएर वाचडगको भूमिका निर्वाह गरिरहेको छ भन्ने कुरा मैले महशुस गरेको छ । यो पत्रिका चौथो बर्षमा पुगेको छ । पत्रिकाको सफलताको कामना गर्दछु ।

प्रकाशित मिति: सोमवार, साउन ४, २०७२