शुक्रबार, बैशाख २८, २०८१

महा भूकम्पले कृषि कार्यालयको माथिल्लो तला जोखिममा

उदयपुर, जेठ १३ । वैशाख १२, १३ र २९ गतेको महा विनासकारी भूकम्पका कारण कृषि विकास कार्यालय भवनको माथिल्लो तला प्रयोग गर्न जोखिमपुर्ण बनेको छ । भूकम्पमा परी माथिल्लो तलामा रहेको कोठाहरु चिरा/चिरा परेपछि माथिल्लो तलाको कार्यलय कक्ष जोखिम बनेको हो ।

कृषि विकास कार्यालय उदयपुरका कार्यालय प्रमुख पवन गिरीका अनुसार कार्यालय प्रमुख कक्ष, प्रविधिक कक्ष, लेखा, पचार शाखा र सभाहल बस्नै नहुने भएको हो । कार्यालयको दुईतले भवन भूकम्पले जोखिमपूर्ण भएपछि माथिल्लो तलाको सम्पुर्ण शाखाहरु अहिले भूईतल र कर्यालयको स्टोर रुम, गेष्ट रुपमा सारिएको पनि कार्यालउ प्रमुख गिरीले जानकारी दिए । कार्यालयको दक्षिण पट्टिको भागमा लगाइएको कम्पण्डको पर्खाल समेत भत्किएको बताउँदै गिरीले अहिले अन्य भवन नभएकाले सोही भवनको तल्लो तलामा मिलाईजुलाई काम भईरहेको बताए ।
भूकम्पमा परी जिल्लाको देउरी कृषि सेवा केन्द्र, रामपु ठोक्सिला, कटारी लगायतका विभिन्न क्षेत्रमा रहेका सेवा केन्द्रहरुका भवनहरु समेत जोखिमपूर्ण बनेको कार्यालयले जनाएको छ । त्यस्तै जिल्ला पशुसेवा कार्यालय उदयपुरको सामान्य क्षति मात्र पुगेको जनाएको छ । -बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: बुधबार, जेष्ठ १३, २०७२