शुक्रबार, चैत्र १६, २०८०

करोडौंको अदुवा बिक्रि

प्यूठान, १३ जेठ । यस वर्ष प्यूठानमा रु १४ करोड बराबरको आर्थिक कारोबार भएको छ । वार्षिक दुई हजार ८७५ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीका अनुसार यसवर्ष आन्तरिक तथा बाह्य गरी २१० मेट्रिक टन अदुवा निर्यात भएको छ । जिल्लामा २२० हेक्टर क्षेत्रफलमा अदुवा खेती हँुदै आएको छ । अदुवाखेतीमा संलग्न कृषकले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् । कृषकले हाल पाउने गरेको अदुवाको मूल्य न्युन रहेको र मूल्यमा एकरुपता नहुँदा समस्यमा परेको गुनासो रहेको छ । “समस्या समाधान गर्नका लागि हामीले दुबै पक्षबीच छलफल गराएका छौँ” उनले भने । उत्पादन भएको अदुवा भारत, बङगलादेश र पाकिस्तानमा समेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १३, २०७२