बिहिबार, बैशाख २७, २०८१

तीन दर्जन देशका कृषि प्रतिनिधि इजरायलमा

DSC06194

इजरायल,१६ वैशाख। इजरायलमा जारी १९ औं अन्तराष्ट्रिय कृषि प्रर्दशनी तथा कार्यशाला गोष्ठि तेलअभिभ विश्वविद्यालयको प्रर्दशनीम हलमा सञ्चालन भईरहेको छ । गोष्ठि उद्घाटना गर्दै इजरायली कृषि मन्त्ती यायिर समिरले कृषिको विकास गर्नका लागि प्रविधि विस्तार गर्नु पर्ने कुराको जोड दिएका छन् ।
विश्वमा बढ्दै गईरहेको खाद्य सुरक्षकलाई का्ट्याउँदै मन्त्री समिरले विश्वलाई खाद्य संकटबाट मुक्त गर्नका लागि प्रविधिको विस्तार गरी खाद्य उत्पादन बृद्धि गर्ने कुरामा लाग्न सवैलाई आग्रह समेत गरेका छन् ।
विश्वका ३ दर्जन भनदब बढी देशका सरकारी एवं गैरसरकारी प्रतिनिधिहरुका् सहभागीता भएको सो कार्यक्रममा नेपालका तर्फबाट कृषि मन्त्री हरिप्रसाद पराजुलीको नेतृत्वको टोली इजरायल आउने भनिएको भएता पनि नेपालमा गएको महाभुकम्पका कारण मन्त्री पराजुलीले सो कार्यक्रम रद्द गरेका हुन् ।
केही समय अघि नेपालमा पुगेका कृषि मन्त्ती समिरले १९ औं अन्तराष्ट्रिय कृषि मेला तथा कार्यशाला गोष्ठिका लागि कृषि मन्त्रीलाई निमन्त्ताण गरेका थिए ।
नेपालमा कृषिको व्यवसायिकरण गर्नका लागि इजरायली कृषि प्रविधिलाई भित्र्याउन सके कृषि उत्पादन बृद्धि गर्नका लागि महत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।
३ दिनसम्म चल्ने सो प्रर्दशनी एवं कार्यशालामा कृषि उत्पादनका लागि आवश्यक आधुनिक कृषि यान्त्रिकीकरण, इजरायलमा उत्पादन भएका कृषि बस्तुहरु साथै चनि, क्यानडा लगायतका देशले उत्पादन गरेका कृषि यन्त्रहरु समेत प्रर्दशनमिा राखिएको छ । कार्यक्रममा अमेरिका, क्यानडा, चनि बेलायत लगायतका कृषि विज्ञहरुले कार्यशाला गोष्ठिमा कृषिका विभिन्न विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । वैकुण्ठ भण्डारी इजरायलबाट

प्रकाशित मिति: बिहिबार, बैशाख १७, २०७२