आइतवार, जेष्ठ ६, २०८१

मेसिन वाट धान रोप्दै सुनसरीका कृषक

dhan ropneसुनसरी, २९ चैत्र । कृषि यान्त्रिकरण प्रयोगमा अगाडि रहेको सुनसरी जिल्लाका कृषकहरु यान्त्रिकीकरणकै माध्यमबाट चैते धान रोप्न शुरु गर्न थालेका छन् । किसानहरुलाई यान्त्रिकीकरणका बारेमा जानकारी उदेश्यले नेपाल कृषि कम्पनी लिमिटेड विराटनगरले विभिन्न समयमा गरेको कृषि यान्त्रिकरण प्रर्दशनीले किसानहरुलाई यान्त्रिकरण प्रयोगमा प्रोत्साहन मिलेको हो ।
यतिखेर सुनसरीका चन्द्रोदय कृषि सहकारी संस्था लि, छिटाहा २, सम्झना कृषि सहकारी संस्था लि तनमुना ६, उर्जा कृषि सहकारी संस्था लि एकम्बा १, विरजुधामी कृषि सहकारी संस्था लि चिमडी २, सामुहिक कृषि सहकारी संस्था लि औरावनी १ लगायतका सहकारीवाट २५ हेक्टरमा चैते धान मेसिनवाट रोपाई गरेका छन । जनश्रमको अभाव भएको अहिलेको समयमा आधुनिक र व्यवसायिक कृषि उत्पादन गर्नका लागि यान्त्रिकरण आवश्यक रहेको जिल्ला कृषि कार्यालय प्रमुख, डा रविन्द्रानाथ चौवेले वताएका छन् । सुनसरी जिल्लामा जम्मा ५३५५० हेक्टर धान खेती हुने गरेकोमा १०५० हेक्टर क्षेत्रफलमा चैते धान भईरहेको वाली विकास अधिकृत सुदिप रेग्मीले कृषिसँग बताए । जिल्ला कृषि विकास कार्यालयले सुनसरीले यान्त्रिकरण आयोजना अन्र्नगत धान, गहु, मकै को लाग्ने सानो र ठुलो खाले थ्रेसर, उखु वालीको आवश्यक पर्ने एमविपोलो, रिजर, टे«न्चर, अदुवा धुने मेसिन, मिनि टिलर र पावर टिलर जस्ता मेसिनरी अनुदानमा वितरण गरिरहेको र आगामी वर्षदेखि धान रोप्ने मेसिन, धान काटने रिपर, जिरो टिल मेसिन पनि अनुदान राख्ने योजना रहेको वाली विकास अधिकृतले वताए ।

प्रकाशित मिति: आइतवार, चैत्र २९, २०७१