आइतवार, जेष्ठ ६, २०८१

पालुङ्गमा विषादी प्रयोग घट्दै

मकवानपुर, २९, चैत्र । विगतमा तरकारीमा बिषादी प्रयोग गर्दैै आईरहेका किसानहरु बिषादी प्रयोग घटाउन थालेका छन् । मकवानपुर जिल्लाको तरकारी हवका रुपमा चिनिएको दामन, पालुङ्ग, बज्रबाराही, हाँडी खोला लगायत गाविसहरुमा तरकारी उत्पादनका सक्रिय रहेका किसानहरुले तरकारीमा रासायनिक विषादी न्यूनिरकण गर्दै जैविक विषादी प्रयोग गर्न थालेपछि तरकारीमा विषादीको प्रयोगमा कमी आउन थालेको हो ।
मकवानपुरको पालुङ्ग सेरोफेरोका तरकारी उत्पादनमा सक्रिय किसानहरुको मुख्ख विक्री बजारका रुपमा रहेको कालिमाटीमा विषादी दू्रत विश्लेष्ण प्रयोगशाला राखेपछि सो क्षेत्रमा उत्पादिन रासायनिक मल तथा विषादी प्रयोग भएका तरकारीहरु विक्री हुन सकेका थिएनन् ।
आफूहरुले उत्पादन गरेका तरकारी विषादी प्रयोगकै कारण विक्री हुन छाडेपनि पालुङ्गमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरु विषादी प्रयोग न्यूनिकरण मात्र होइन अन्तय गर्ने अभियानमा नै जुटेका छन् ।

प्रकाशित मिति: आइतवार, चैत्र २९, २०७१