आइतवार, जेष्ठ ६, २०८१

बडै फ्लु पीडित किसानलाई राहत

काभ्रे, २७ चैत । काभ्रेपलाञ्चोकमा बर्ड फ्लुबाट सङ्क्रमित कुखुरा मारिएको झन्डै ढेड वर्षपछि साना किसानलाई क्षतिपूर्तिस्वरूप राहत दिन थालिएको छ । सरकारको निर्णयपछि यहाँका ४१ साना किसानलाई सङ्ख्याका आधारमा प्रतिकुखुरा रु ९१ का दरले रु ५६ लाख वितरण गरिएको छ । त्यस्तै छ ह्याचरी व्यवसायीलाई समेत गरी कुल रु दुई करोड २९ लाख वितरण भएको कार्यालयका पशु चिकित्सक मणि सापकोटाले बताएका छन् । उग्रचण्डीनाला, उग्रतारा जनागाल, बनेपा नगरपालिका, धुलिखेल नगरपालिकामा रहेका साना किसान र ह्याचरी व्यवसायीलाई सो रकम वितरण गरिएको हो ।

काभ्रेपलाञ्चोकमा बर्ड फ्लुका कारण साना किसान र ह्याचरी व्यवसायीको रु १५ करोडबरावरको क्षति भएको थियो । बर्ड फ्लुबाट ह्याचरी व्यवसायी र किसानको क्षति भएपछि २०७० सालमा रु चार करोड १२ लाख क्षतिपूर्तिसहित राहत उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०७१