सोमवार, जेष्ठ ७, २०८१

सुन्तला उत्पादनमा वृद्धि

म्याग्दी, १६ चैत- म्याग्दीमा चालु आर्थिक वर्ष २०७१\७२ मा सुन्तला उत्पादन बढेको छ । सुन्तला सुदृढीकरण अभियान कार्यक्रम सञ्चालन, बगैंचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूल र वातावरण मिलेपछि गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।म्याग्दीमा चालु आर्थिक वर्ष २०७१\७२ मा सुन्तला उत्पादन बढेको छ । सुन्तला सुदृढीकरण अभियान कार्यक्रम सञ्चालन, बगैंचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूल र वातावरण मिलेपछि गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । यसवर्ष सुन्तला बिक्री गरेरै म्याग्दीका कृषकहरुले साढे छ करोड आम्दानी गरेका छन् । गतवर्ष ५ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेका कृषकले यस वर्ष ६ करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।आर्थिक वर्ष २०७०\७१ मा कुल उत्पादनशील १९२ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको सुन्तला खेतीबाट १४ सय ७० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसैगरी यसवर्ष कुल उत्पादनशील क्षेत्र २३३ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको सुन्तला वृद्धि भई कुल १७ सय २४ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

गत वर्षभन्दा यसवर्ष सुन्तला बिक्रीबाटै किसानहरुले करिब एक करोड रुपैयाँ बढी आम्दानी गरेको वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ग्रामीण भेगका कृषकहरुले अन्य पेशा छाडेर सुन्तला खेतीतर्फ आकर्षित भई व्यावसायीक रुपमै होमिन थालेपछि वर्षेनी सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ ।कृषकले बोटमै ३५ रुपैयाँ केजीका दरले बेच्ने सुन्तला नारायणघाट, बुटवलसहितका ठूला शहरमा पुग्दा करिब ७० रुपैयाँसम्म बिक्री हुने गरेको वेगका कृषक जसिमा पुनले बताइन् । बेमौसममा सुन्तलाको मूल्य दोब्बर हुने हुदा कृषकहरुले ढिलो गरी सुन्तला बिक्री गर्ने भएकोले जिल्लाको एकिन तथ्यांक निकाल्न ढिलो भएको वागवानी विकास अधिकृत वासुदेव पौडेलले जानकारी दिए उनका अनुसार हाल जिल्लाभर १ हजार ७ सय ४ जना कृषकहरु सुन्तला बगैंचाका धनी छन् भने एउटै कृषककोमा ४ सय भन्दा बढी सुन्तलाका उत्पादकत्व बोकेका बोटहरु रहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १७, २०७१