सोमवार, जेष्ठ ७, २०८१

रुकुमका बीउ उत्पादनको लागी सहकारीलाई ३५ लाख

रुकुम, १७ काठमाडौं ।बीउ उत्पादनको लागि निकै राम्रो सम्भावना मानिएको रुकुम जिल्लामा बीउ उत्पादनको लागि एक विदेशी संस्थाले झण्डै ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । जिल्लामा विगत ९ बर्षदेखि बिभिन्न क्षेत्रमा काम गरिरहेको युनाईटेड मिसन टु नेपाल रुकुम कलष्टरले बीउँ उत्पादनमा सघाउनको लागि ३७ हजार अमेरीकन डलर सहयोग गर्ने भएको हो । त्यसको लागि जिल्ला वीउँ सहकारी संघ र संस्था बिच सम्झौता समेत भएको छ । जिल्लाको एक नगरपालिका र ८ गाउँ विकास समितिमा कार्यक्रम सञ्चालन हुने सम्झौतामा उल्लेख भएको छ । त्यस अनुसार मुसिकोट नगरपालिका र भलाक्चा, पेउघा, सिम्ली, विजयश्वरी, कोटजाहरी, नुवाकोटर छिवाङ र खोलागाउँ गाउँ विकास समितिमा कार्यक्रम सञ्चालन हुने छ ।
पहिलो चरणमा १० महिनासम्म सञ्चालन हुने कार्याक्रममा तरकारीको बीउको बजारीकरण गर्ने, गुणस्तरीय विउँ उत्पादनको लागी कृषकहरुलाई तालिम प्रदान गर्ने, स्थानीय सहकारी संस्थाको क्षमता विकास गराउँने, साना सिंचाईमा सहयोग गर्ने, वीउ उत्पादनको लागि मेशिन सामग्री ल्याउने सम्झौतामा उल्लेख गरिएको छ । यसका साथै बीउ प्रशोधन केन्द्रको स्थापन गर्ने र त्यसको लागि आवश्यक सहयोग गर्ने पनि सम्झौतामा उल्लेख भएको युनाईटेट मिसन टु नेपाल रुकुम कष्टरका जिविकोपार्जन कृषि प्रकोप न्यूनिकरण कार्यक्रम अधिकृत जुनतारा वुढामगरले कृषि अनलाईनर्ला जानकारी दिएका छन् । उनका अनुसार अहिले १० महिनाको लागी सम्झौता भएपनि राम्रो काम भएमा सम्झौता थप हुन सक्ने बताइएको छ । मुसिकोटमा भएको सम्झौतामा सहयोगी संस्थाको तर्फबाट युनाईटेट मिसन टु नेपाल रुकुम कष्टरका टिम लिडर ताराहाङ तवाले र सहकारी संघको तर्फबाट अध्यक्ष किरण मल्ले हस्ताक्षर गरेका छन् । यसका साथै जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाई र समोशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपाका निमित्त प्रमुख महेन्द्र पुनले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् । वीउ उत्पादन गर्नको लागि कार्यक्रममा सम्झौता भएपछि यस जिल्लामा उत्पदान हुने बीउँले अब बजार पाउँने भन्दै सहकारी सँस्था खुशी भएको छ । संस्थाले रुकुम जिल्लामा महिला शक्तिकरण, आय आर्जन, जातिय छुवाछुत न्यूनिकरण, अपाङ्गहरुको लागि सशक्तिकरण, बहुभाषामा शिक्षण लगायतको क्षेत्रमा जिल्लामा रहेका विभिन्न गैर सरकारी संस्थासँग समन्वय गरेर काम गरिरहेको छ । यस भन्दा पहिले पनि संस्थाले कृषि क्षेत्रमा पनि विभिन्न निकाय सँग समुन्वय गरेर काम गरिरहेको थियो । लोकेन्द्र खनाल

प्रकाशित मिति: मङ्लबार, चैत्र १७, २०७१