आइतवार, जेष्ठ ६, २०८१

लोपोन्मुख बाली बीउ बैंक स्थापना

म्याग्दी, चैत १६ गते । लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ । समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन  परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहँु, कोदो, भटमास, बोडी, घिरौँला, सागलगायत खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो ।स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैंक स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी ६ लाख रूपैयाँबराबरको लगानीमा बीउ बैंकका लागि यसै वर्ष भवन निर्माण थालिने बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १७, २०७१