शुक्रबार, बैशाख २१, २०८१

उदयपुरमा नगदे वालीमा कृषक आकर्षित बन्दै

उदयपुर, २९ फागुन । पछिल्लो समयमा स्थानीय कृषकहरु खाद्यन्न वालीभन्दा फलफुल, मसालद तथा नगदेवालीमा आकर्षण बढेको पाईएको छ । जिल्ला कृर्षि विकास कार्यालय उदयपुरले तयार गरेको एक अभिलेखमा जिल्लाका कृषकहरु खाद्यदन्न वालीभन्दा नगदे वालीमा लोभिएको देखिएको छ । नगदेवालीमा पर्ने विभन्नवालीमा कृषक लोभिएका हुन् । उत्पादन भएका वालीबाट छिटो आम्दामी लिने वालीमा कृषकको ध्यान केन्द्रीत हुने गरेको दुई आर्थिक वर्षको कार्यालयको अभिलेखमा उल्लेख भएको जिकृविकाका सहायक प्रविधिक राजिव पाखरिङले जनाकारी दिए ।

आर्थिक वर्ष ०६९÷०७० र ०७०÷०७१ मा पतझड, दलहन, तेलहन, फलफुल, मसालद र सुन्तला जातका नगदे वालीमा लगाउन कृर्षको संख्या बृद्धि भएको पनि पाखरिङले बताए । जिल्लामा वालीमा आव ६९÷७० मा तीनसय ७४ हेक्टरमा कृषकले लगाएको वालीमा आव ७०÷७१ मा छसय २० रहेको छ । जसमा । दुईसय ४६ ले बढेको छ ।
खुर्सानी, अदुवा, वेसार, लसुन, धनिया, प्याज, अलैची, लगायतका वली पर्दछन् । पतझड फलफुलमा अव ६९÷७० मा ९१ हेक्टरमा रहेपनि ३१ हेक्टरले बढेर एक सय २२ पुगेको छ । जसमा स्याउ, नास्पाति, आरु, आरुवखडा लगायतका वाली पर्दछन् ।

त्यस्तै सदावार फलफुलमा एकहजार तीनबाट बढेर एकहजार एकसय ५८ पुगेको छ । जसमा आँप, लिची, मेवा, भुईकटर, केरा, अम्वा, रुखकटर र सुपारी आव ०६९÷०७० भन्दा ०७०÷०७१ मा एकसय ५५ हेक्टरले बढेको छ । सुर्ती, जुट, उखु, तरकारीमा हिउँदे वर्षे तथा वेमौसमीमा जम्मा एक हजार एकसय ८७ आर्थिक वर्ष ०६९÷०७० मा रहेपनि एकहजार ३२ पुगेको छ । जसमा आर्थिक वर्ष ०७०÷०७१ मा ४५ हेक्टरले बढेको छ । बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २९, २०७१