शुक्रबार, जेष्ठ ४, २०८१

परिवर्तन खोज्दै चन्द्रडाँगी बीउ विजन समिति

chandradangiझापा । कुनै बेला विश्व वैंकको सहयोगमा कोरियन कम्पनीले कन्काई सिँचाई आयोजना सञ्चालनका लागि निर्माण गरेको नमूना रुपी भवन अहिले वेवारिस अवस्थामा परेको छ । २०५० सालमा आयोजना सम्पन्न भएपछि आयोजना कार्यान्वयन गरेको कोरियन संस्थाले कृषि विकास मन्त्रालयलाई सोही बर्ष हस्तान्तरण गरेपनि ५२ हेक्टर जमीन कृषि विकास मन्त्रालयको हातमा त प¥यो शिवगञ्ज झापामा । तर त्यसलाई जुन रुपमा हस्तान्तरण गरिएको थियो त्यही रुपमा बचाईराख्न कसैले पनि सकेनन् ।
कृषि मन्त्रालय मातहतमा आईसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि २०५२ सालमा चन्द्रडाँगी बीउ बिजन तथा दुग्ध विकास समिति गठन आदेश बमोजिम समिति कै रुपमा सञ्चालन भयो । कृषि मन्त्रालयले प्रत्यक्ष हेर्ने गरि सो समिति सञ्चालनका लागि कार्यकारी निर्देशकको पनि नियुक्ति गरियो । राजमार्गबाट करीव ७ किलोमिटर दक्षिणमा रहेको सो समितको काम भनेको खाद्यान्न बाली सम्वन्धि गुणस्तरीय बीउ जिन उत्पादन गरी किसानलाई वितरण गर्ने , विभिन्न जातका माछाका भूरा उत्पादन गर्ने, स्थायी गाई भैसीको नश्ल सुधार गर्ने गराउने र स्थानीय किसानहरुलाई प्राविधिक सरसल्लाह दिने थियो । समिति गठन भए पश्चात केही समय समितिले काम गरेको जस्तो त देखियो पछि विस्तारै सरकारी काम कहिले जाला घाम भने जस्तै हुन थाल्यो ।
सरकारी कार्यालय त्यसमाथि पनि किसानहरुका लागि गुणस्तर बीउ उत्पादन गर्ने सो समितिमा तात्कालिन माओवादीको आँखा प¥यो । र त २०५० सालम जनयुद्धकै नाममा किसानहरुको लागि खुलेको चन्द्रडाँगी बीउ उत्पादन केन्द्र बम र बारुदको निशानामा प¥यो । सरकारी कर्मचारी काम छल्नेहरुका लागि माओवादीको पहिलो आक्रमण के खोज्लास् कानो आँखा भने जस्तै भयो । सवै कार्यालय छाडेर आ–आफ्नो दुनो सोझ्याउनतिर लागे । विगतमा भव्यदेखिने सो फार्म लामो समयसम्म खण्डहर जस्तै भयो । जिल्ला कृषि कार्यालय झापाको रेखदेखमा रहेन गरी त्यसलाई राख्न खोजेपनि कसैले चासो दिएनन् । अरवैं रुपैयाँ पर्ने जग्गाका लागि धेरैले आँखा नगाडेका पनि होइनन् । तर हात पार्न नसकेपनि सुकुम्वासीहरुले धेरै जग्गा कब्जा गरिसकेका छन् ।
तर यतिखेर सो समितिले मुहार फेर्ने तयारी गरिरहेको छ । कृषि विकास मन्त्रालय मातहत रहेको सो समितिमा कार्यकारी निर्देशकमा रुपमा काम गर्न जाने कृषि विज्ञहरु कोही पनि फेला नै परेनन् भन्दा फरक पर्दैन । कार्यकारी निर्देशक सहित १९ जना कर्मचारी रहेको सो समितिकाको प्रमुख बन्छु र समितिको रुप फेर्छु भन्ने व्यक्ति नपाएपछि लामो समयको पखाईमा पश्चात निमित्त कार्यकारी निर्देशकका रुपमा समितिले टेक बहादुर पोख्रेल पायो ।
जागिरको उत्तरार्धमा आएका टेकबहादुर पोख्रेल चन्द्रडाँगी बीउ विजनको भविष्य देखेका छन् । त्यसैले होला ३ बर्ष जागिर जीवन वाँकी रहँदा पनि किसानका लागि म केही गर्दछु भन्ने उनको भनाई छ । मन्त्रालयले थोरै मात्र सहयोग गरिदिए समितिले नमूनाको काम गर्ने मात्र होइन सो समितिलाई कृषि तथा पशु विकासका लागि स्रोत केन्द्रका रुपमा स्थापित गर्ने सपना बोकेका टेक बहादुरलाई जिल्ला कृषि कार्यालय झापाले प्राविधिक रुपमा सहयोग गरेका कारण पनि हर्षित बनेका छन् । उनी भन्छन् १८ जना कर्मचारीहरु छन् बर्षको एक पटक तलव ख्वाउनु पर्ने वाध्यता छ । कम्तिमा कर्मचारीहरुलाई तलव ख्वाउने व्यवस्था, आफ्नो जग्गा सुरक्षित गर्नका लागि तारबाली घेर्ने व्यवस्था गरिदिएमात्र अरु काम सोही जग्गालाई प्रयोग गरे उपलब्धि हासिल गर्न सक्छु भन्ने अठोट उनले लिएका छन् ।
पोख्रेल भन्छन् मैले यो विषयमा मन्त्री र सचिव दुवैलाई जानकारी गराएको छु । सकारात्मक आश्वासन पाएको छु । मलाई लाग्छ उहाँहरुले समितिलाई सकारात्मक सोच बनाउनु हुनेछ । गरे के हुँदैन भन्ने प्रमाण पोख्रेलले गरेर नै देखाईदिएका उनले धान, गहुँ, मकै, घैया लगातयका बीउ गुणस्तरीय उत्पादन पनि गर्न थालेका छन् । १५ बर्ष तलव खान नपाएका कर्मचारीहरुलाई समिति भित्रकै जग्गामा उत्पादन गरेका बस्तु तथा बाली विक्री गरेर तवल ख्याउन शुरु गरेको उनी भन्छन् । फार्मलाई स्रोत केन्द्रका रुपमा विकास गर्नका लागि उनले यतिखेर धान, मकै, गहुँ कोदोको लगायतका बालीको बीउ मात्र उत्पादन गरेका छैनन् कि उनले सुंगुर, माछा, गाई कुखुरा लगायतका पशु पालनलाई पनि अगाडि बढाईरहेका छन् ।
चन्द्राडाँगी बीउ विजन तथा दुग्ध विकास समितिले मुहार फेर्न कोशिस गरिरहेका छन् । फागुनको दोस्रो साता कृषि सचिव जयमुकुन्द खनाल, कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसी लगायतका समितिको निरिक्षण पश्चात निकै नै प्रशंसा गरेका थिए सो समितिको । समितिको नाममा रहेको राष्ट्रिय सम्पत्ति मात्र होइन त्यसलाई स्रोत केन्द्र कै रुपमा विकास गर्नका लागि सचिव सकारात्मक देखिएपछि पोख्रेल अत्यन्तै हर्षित हुँदै भने चन्दैडाँगीले अव मुहार फेर्छु । पूर्वाञ्चलका किसानहरुलाई जुनसुकै बाली र बस्तुको बीउ उपब्लध गराउन सक्छु भन्ने अठोट समेत उनले गरे । समितिको निरिक्षण पश्चात कृषि सचिव खनालले समितिको नाममा रहेको ५२ हेक्टर जग्गा जोगाउन आफूहरुको दायित्व भएको भन्दै ती जग्गाको सुरक्षाका लागि तत्कालै तारबार घेर्ने व्यवस्था गर्न आफू लाग्ने पनि बताए । खनालले भने समितिलाई कम्पाण्ड घेरेर स्रोत केन्द्रका रुपमा विकास गर्न सक्ने हो भने कृषि विकासमा एउटा नमूना फार्मको रुपमा लैजान सक्ने समेत बताए ।
समितिको प्रांगणमा पुगेका कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी पोख्रेलको काम देखेर तीन छक्क परे । गर्न चाह्यो भने जे पनि गर्न सकिने रहेछ भन्ने प्रमाण ५ बर्ष अगाडिको समिति र अहिलेको समितिले प्रष्ट पारेको भन्दै समितिको संरक्षणका लागि आफू प्रतिवद्ध भएको जिसी बताउँछन् ।
यतिखेरको चन्द्रडाँगी बीउ विजन तथा दुग्ध विकास समितिको अवस्था देखेर कृषि मन्त्री हरिप्रसाद पराजुलीले समेत प्रशंसा गरेका छन् । समितिका बारेमा पराजुली भन्छन् विगतदेखि नै सो समितिलाई हेर्ने दृष्टिकोण सकारात्मक भईदिएको भए सायद आज यो अवस्थामा पुग्दैनथ्यो । त्यत्ति धेरै सम्पत्ति रहेको सो समितिको जग्गा भित्र स्रोत केन्द्रका रुपमा विकसित मात्र होइन पूर्वाञ्चलको कृषिको नमूना फार्मका रुपमा रुपान्तरण गर्र्नै काममा आफू पछि नहट्ने बताए । मन्त्री पराजुली भन्छन् कृषिमा आमूल परिवर्तन गर्नु छ त्यसका लागि सरकार सहयोग गर्न तयार छ । सरकार कृषि क्षेत्रको विकास गर्न तयार भए जस्तै कृषिमा लागेकाहरुले हातेमालो गर्नै हो भने नेपाली कृषिमा आमूल परिवर्तन गराउन सकिन्छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २५, २०७१