शुक्रबार, बैशाख १४, २०८१

सोह्र हजार कुखुराका चल्ला नष्ट

कावासोती, २१ फागुन । भारतीय सीमाबाट अवैध रूपमा नेपाल भित्रिँदै गरेका कुखुराको चल्ला पक्राउ गरी प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गए राति भुजहवा–१ बाट ६० बाकसमा ल्याइँदै गरेका चल्ला पक्राउ गरी नष्ट गरिएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । सादा पोसाकमा खटिएका प्रहरीले तीन दिनको अवधिमा भारतबाट आएको १६ हजार कुखुराका चल्ला पक्राउ गरी नष्ट गरेको हुन् । यसरी पक्राउ गरेका कुखुराको मूल्य रु १० लाख रहेको प्रहरीको जिकिर छ ।
भारतबाट चल्ला अवैध आउँदा सरुवाजन्य रोकको प्रकोप बढ्ने हुँदा प्रहरीले त्यसमा कडा निगरानी गरेको हो । अवैध रूपमा आएका यस्ता कुकुरा पशु क्यारेन्टाइन महेशपुरको रोहबरमा नष्ट गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २१, २०७१