शनिबार, बैशाख १५, २०८१

चितवन मिल्क जोगाउन आग्रह

chitawon-milk-head

काठमाडौैं,१० फागुन । व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुको हितका लागि भएपनि चितवन मिल्कलाई नियमित रुपमा सुचारु गरी जोगाउन सरकारसँग केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटाले आग्रह छन् । चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीसम्मका दुग्ध उत्पादनका सक्रिय रहेका किसानहरुले उत्पादन गरेको दूधलाई संकलन गरी उपभोक्ताहरु माझ पु¥याउनका लागि महत्वपूर्ण
भूमिका निर्वाह गरिरहेका चितवन मिल्कलाई बन्द हुनबाट जोगाउन सरकारले नै चासो लिनु पर्ने उनले बताएका छन् । मुलुकभरीका दुग्ध सहकारीहरुले उद्योग चल्नु पर्दछ भन्ने सोचमा अगाडि बढिरहेका छौं । चितवन मिल्क कथकदाचित बन्द भयो भने मिल्क होलिडेको समस्या हुने भएकाले निजी (साझेदारी (सहकारी अवधारण प्रक्रिया अवलम्वन गरेर भएपनि उद्योग जोगाउनुपर्ने उनले बताए । सरकारले नै युवा लक्षित कार्यक्रमदेखि विभिन्न खालका मिसन कार्यक्रम मार्फत पशुपालनमा जोड दिईरहेको अवस्थामा विदेशबाट फर्केकाहरुले समेत दुग्ध उत्पादनका लागि गाईपालन तर्फ आकर्षित भइ लगानी बढिरहेका बेला चितवन मिल्क जस्ता उद्योगहरुलाई बन्द हुनबाट बचाउनुपर्ने दायित्व सरकारको भएको उनले बताए ।
सञ्चालनमा आएका दूध उद्योगहरु बन्द हुँदै जाने हो भने आत्मनिर्भरतातिर उन्मूख भएको दुग्ध व्यवसाय नै धरापमा पर्ने संकेत भएको चितवन दुग्ध उत्पादन किसान समाजले जनाएको छ । समाजका अनुसार चितवनमा मात्र व्यवसायिक रुपमा गाईपालन गरिरहेका एक हजार भन्दा बढी फार्महरुको भविष्य अन्योल हुनबाट जोगाउन चितवन मिल्कको बारेमा राज्यले अहिले नै सोच्नु पर्ने उपाध्यक्ष कृष्ण भण्डारीले बताए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १०, २०७१