आइतवार, जेष्ठ ६, २०८१

सड्चालीस लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु

लम्की (कैलाली), २८ माघ । कैलालीको फूलबारी–९ मा एक लघु उद्यमीले रु ४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु गरेका छन् । स्थानिय रामप्रसाद थारुले टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् । सिृजनशील घरेलु उद्योगले साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को कृषि अनुदान सहयोगमा बेर्ना उत्पादन सुरु गरिएको हो । रु ३० लाख बराबरको केराको बेर्ना उत्पादन लक्ष्य लिएको उद्योगले कैलालीका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्नेछ । रिजमबाट २६ लाख ६४ हजार ४८६ अनुदान र उद्योगका तर्फबाट २० लाख ५३ हजार ७२३ को लगानीमा सो उद्योग सुरु गरिएको सेवा प्रदायक संस्था सेवक नेपाल कैलाली संयोजक यज्ञराज अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७१