बिहिबार, बैशाख २०, २०८१

रुपन्देहीमा ८४ हजार मेट्रिक टन तरकारी उत्पादन, बिचौलियाका कारण कृषक मर्कामा

bazarरुपन्देही, २१ माघ । तरकारी उत्पादन गर्ने किसान र उपभोक्ताहरु वीचमा रहेका विचौलायिका कारण न त किसानले भने जति रकम पाएका छन् । न त उपभोक्ताहरुले नै सस्तो रकममा हरिया तरकारी उपभोग गर्न पाएका छन् । रुपन्देहीमा यस वर्षमात्रै ८४ हजार मेट्रिक टन तरकारी उत्पादन भएको भए पनि विचौलियाका कारण किसानहरु मर्कामा परेका छन् ।

जिल्ला कृÈि विकास कार्यालय रुपन्देहीका अनुसार ८४ हजार मेट्रिक टन तरकारीको यो बर्ष उत्पादन भएको र यसको मूल्य रु तीन अर्ब बराबरको हुनेछ ।
कृÈकले उत्पादन गरिसकेपछि बिचौलियामार्फत बिक्री हुने तरकारीलाई आधार मान्दा तरकारी उत्पादन रु तीन अर्बबराबरको देखिएको कार्यालयका प्रमुख वरिष्ठ कृÈि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताएका छन् ।
गत वर्È कृÈकले औसत रु २५ सम्म तरकारीको मूल्य पाएकामा यस वर्È रु ३० सम्म मूल्य पाउने अनुमान छ । कृÈकस“ग खरिद गरेको तरकारीमा बिचौलिया हुँुदै व्यापारीसम्म आउँदा करिब २० देखि ३० प्रतिशत महँगो भइसक्छ ।
औसत मूल्य रु ३० ले पनि यो वर्È रु दुई अर्ब ५२ करोड र बजारसम्म आउँदा त्यसको मूल्य वृद्धि हँुदा रु तीन अर्बबराबरको उत्पादन देखिने कार्यालयको अनुमान छ । रुपन्देही धेरै तरकारी उत्पादन हुने जिल्लामध्ये एक हो ।
गत वर्È यहा“ ८३ हजार १५ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । यस वर्È अझ बढी तरकारी उत्पादन हुने अनुमान थियो तर शीतलहर र पुसमा भएको वर्Èाका कारण आलुमा डढुवा र अन्य केही तरकारी बालीमा नोक्सानी भएकाले उत्पादन सामान्य बढेको जिल्ला कृÈि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा वरिष्ठ कृÈि विकास अधिकृत अधिकारीले बताए ।
कृषकले उत्पादन गरेको तरकारीमाथि बिचौलियाको हालीमुहाली बढ्दा रुपन्देहीका कृषक मर्कामा परेका छन् । आफ्नो बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारमा ल्याउँदा त्यहाँका बिचौलियामार्फत बिक्री गर्न बाध्य रहेको कृषकहरूको गुनासो छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७१